• मंसिर १५, २०८१
  • No Comment
  • 137

खाली पेटमा चिया पिउने मानिसलाई देखिन्छन यस्ता समस्या

हामीमध्ये अधिकांश चियाको क्रेजी छौँ । चियाप्रेमीहरु बिहानदेखि बेलुकासम्म हरेक समय चिया पिउन आतुर हुन्छन् । यदि चिया पनि ठिक मात्रामा मात्रै पिउँदा यसले तपाईको स्वास्थ्यमा कुनै पनि असर गर्दैन । यदि तपाई गलत समयमा चिया धेरै पिउनुहुन्छ भने असर गर्छ । यस्तैमा बिहान खाली पेटमा पनि चिया पिउनुभयो भने पनि समस्या हुन्छ ।

यदि तपाई बिहान खाली पेटमा चिया पिउनुहुन्छ भने सँगै जे भएपनि खानुहोला । ओछ्यानबाट उठ्ने बित्तिकैभन्दा पनि करिब एक घण्टा पछि चिया पिउनु राम्रो हुन्छ । चिया पिउनुभन्दा पहिले पानी पिउनुहोला । यसले तपाईँको शरीरमा पानीको कमीको रिस्क कम हुन्छ ।

बिहान खाली पेटमा चिया पिउँदा हुन सक्छ यस्ता समस्या

पेटको लागि हुन सक्छ

यसले तपाईले खाली पेटमा चिया पिउनुहुन्छ भने यसले धेरै बेफाइदा गर्छ । यसले तपाईलाई एसिडिटि, ग्याँस, पेट फूल्ने र अपचजस्ता समस्याहरु हुने गर्छ । यदि पेटको समस्या छ भने भुलेर पनि कहिल्यै खाली पेटमा चिया नपिउनु होला । एसिडिटीको समस्या भएकाले बिहान खाली पेटमा चिया पिउँदा थप असर गर्न सक्छ ।

दाँतमा किरा लाग्ने समस्या

यदि तपाई बिहान बिहानै खाली पेटमा चिया पिउनुहुन्छ भने यसले तपाईको मुखमा पनि असर गर्छ । चियामा प्राकृतिक एसिड हुने गर्छ । यसले गर्दा दाँत सड्नेलगायतको समस्या हुने गर्छ । यसका साथै मुखमा गन्ध आउने समस्या पनि हुन्छ । चियामा ट्यानिक एसिड हुने गर्छ । यसले गर्दा दाँत पहेँलो वा भद्दा पनि हुन्छ । यदि बच्चाहरुमा सानैदेखि यस्तो बानी परेको छ भने यसले पनि थप समस्या हुन सक्छ ।

आइरन र क्याल्सियममा कमी

सधैँ खाली पेटमा चिया पिउँदा शरीरमा आइरन र क्याल्सियमको कमी हुन्छ । चियामा ट्यानिस हुने भएकाले शरीरमा आइर र क्याल्सियमको कमी हुन्छ । यसले शरीरमा कमजोरी, थकान र चक्करको समस्या हुन्छ । यसका साथै क्याल्सियममा फरक फरक समस्या र रोगहरु पनि हुन सक्छ ।

क्यान्सरको समस्या बढ्ने

तपाईँ चियाको शौखिन हुनुहुन्छ भने यसलाई तुरुन्तै बदल्नुहोला । किनकि चियाको लतबाट तपाईलाई क्यान्सरको समस्या बढ्न सक्छ । बिहान खाली पेटमा चिया पिउँदा पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा बढ्छ । अरु समयभन्दा पनि बिहान खाली पेटमा चिया पिउँदा यो समस्या हुने गर्छ । त्यसैले तपाईको पनि यस्तै बानी छ भने समयमा सुधार्न चिकित्सकको सुझाव छ ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *