• मंसिर १५, २०८१
  • No Comment
  • 177

खाली पेटमा चिया पिउने मानिसलाई देखिन्छन यस्ता समस्या

हामीमध्ये अधिकांश चियाको क्रेजी छौँ । चियाप्रेमीहरु बिहानदेखि बेलुकासम्म हरेक समय चिया पिउन आतुर हुन्छन् । यदि चिया पनि ठिक मात्रामा मात्रै पिउँदा यसले तपाईको स्वास्थ्यमा कुनै पनि असर गर्दैन । यदि तपाई गलत समयमा चिया धेरै पिउनुहुन्छ भने असर गर्छ । यस्तैमा बिहान खाली पेटमा पनि चिया पिउनुभयो भने पनि समस्या हुन्छ ।

यदि तपाई बिहान खाली पेटमा चिया पिउनुहुन्छ भने सँगै जे भएपनि खानुहोला । ओछ्यानबाट उठ्ने बित्तिकैभन्दा पनि करिब एक घण्टा पछि चिया पिउनु राम्रो हुन्छ । चिया पिउनुभन्दा पहिले पानी पिउनुहोला । यसले तपाईँको शरीरमा पानीको कमीको रिस्क कम हुन्छ ।

बिहान खाली पेटमा चिया पिउँदा हुन सक्छ यस्ता समस्या

पेटको लागि हुन सक्छ

यसले तपाईले खाली पेटमा चिया पिउनुहुन्छ भने यसले धेरै बेफाइदा गर्छ । यसले तपाईलाई एसिडिटि, ग्याँस, पेट फूल्ने र अपचजस्ता समस्याहरु हुने गर्छ । यदि पेटको समस्या छ भने भुलेर पनि कहिल्यै खाली पेटमा चिया नपिउनु होला । एसिडिटीको समस्या भएकाले बिहान खाली पेटमा चिया पिउँदा थप असर गर्न सक्छ ।

दाँतमा किरा लाग्ने समस्या

यदि तपाई बिहान बिहानै खाली पेटमा चिया पिउनुहुन्छ भने यसले तपाईको मुखमा पनि असर गर्छ । चियामा प्राकृतिक एसिड हुने गर्छ । यसले गर्दा दाँत सड्नेलगायतको समस्या हुने गर्छ । यसका साथै मुखमा गन्ध आउने समस्या पनि हुन्छ । चियामा ट्यानिक एसिड हुने गर्छ । यसले गर्दा दाँत पहेँलो वा भद्दा पनि हुन्छ । यदि बच्चाहरुमा सानैदेखि यस्तो बानी परेको छ भने यसले पनि थप समस्या हुन सक्छ ।

आइरन र क्याल्सियममा कमी

सधैँ खाली पेटमा चिया पिउँदा शरीरमा आइरन र क्याल्सियमको कमी हुन्छ । चियामा ट्यानिस हुने भएकाले शरीरमा आइर र क्याल्सियमको कमी हुन्छ । यसले शरीरमा कमजोरी, थकान र चक्करको समस्या हुन्छ । यसका साथै क्याल्सियममा फरक फरक समस्या र रोगहरु पनि हुन सक्छ ।

क्यान्सरको समस्या बढ्ने

तपाईँ चियाको शौखिन हुनुहुन्छ भने यसलाई तुरुन्तै बदल्नुहोला । किनकि चियाको लतबाट तपाईलाई क्यान्सरको समस्या बढ्न सक्छ । बिहान खाली पेटमा चिया पिउँदा पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा बढ्छ । अरु समयभन्दा पनि बिहान खाली पेटमा चिया पिउँदा यो समस्या हुने गर्छ । त्यसैले तपाईको पनि यस्तै बानी छ भने समयमा सुधार्न चिकित्सकको सुझाव छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *