• मंसिर २, २०८१
  • No Comment
  • 98

दुईवटा यात्रुबहाक बस एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु, ३० जना घाइते

तनहुँमा दुई यात्रुबहाक बस एकआपसमा ठोकिदा एक चालकको मृत्यु भएको छ भने ३० जना यात्रु घाइते भएका छन् । तनहुँको बन्दिपुर गाउँपालिकामा-५ नयाँ पुल गोरेचौतारामा दुई यात्रुबाहक बस ठोक्किएका हुन् । गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले जानकारी दिए ।

थापाका अनुसार जिएए ००७० नम्बरको बसका चालक तनहुँकै ऋषिङ पाटन घरभएका ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको छ । दुर्घटना दुई बसका गरि ३० जना घाइते भएका छन् । घाइतेहरुको मोती र लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । नाम थर नखुलेका एक जना गम्भीर घाइतेलाई भने उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको थापाले जानकारी दिए ।
घाइतेहरुको परिचय खुलेको र थप अपडेट आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

राउटे युवतीलाई दुर्व्यवहार गरेको भिडियो भाइरल, १ जना पक्राउ

राउटे युवतीलाई दुर्व्यवहार गरेको भिडियो भाइरल, १ जना पक्राउ

राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरी सामाजिक संजालमा भिडियाे राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख आठबीस नगरपालिका–३…
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ। वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको ऐतिहासिक भोटो आज देखाइँदैछ। करिब ८०० वर्ष पुरानो यो जात्रा अब “भोटो जात्रा” नामले परिचित…
धेरै गुणहरूले भरिपूर्ण नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

धेरै गुणहरूले भरिपूर्ण नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

काठमाडौँ।  पोषणतत्त्वले भरिएको गाजर केवल स्वादिलो मात्र होइन, स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक मानिन्छ। प्रोटिन, भिटामिन र मिनरल्सको राम्रो स्रोतको खोजीमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *