• मंसिर २, २०८१
  • No Comment
  • 180

दुईवटा यात्रुबहाक बस एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु, ३० जना घाइते

तनहुँमा दुई यात्रुबहाक बस एकआपसमा ठोकिदा एक चालकको मृत्यु भएको छ भने ३० जना यात्रु घाइते भएका छन् । तनहुँको बन्दिपुर गाउँपालिकामा-५ नयाँ पुल गोरेचौतारामा दुई यात्रुबाहक बस ठोक्किएका हुन् । गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले जानकारी दिए ।

थापाका अनुसार जिएए ००७० नम्बरको बसका चालक तनहुँकै ऋषिङ पाटन घरभएका ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको छ । दुर्घटना दुई बसका गरि ३० जना घाइते भएका छन् । घाइतेहरुको मोती र लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । नाम थर नखुलेका एक जना गम्भीर घाइतेलाई भने उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको थापाले जानकारी दिए ।
घाइतेहरुको परिचय खुलेको र थप अपडेट आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *