• कार्तिक ३०, २०८१
  • No Comment
  • 234

सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु

सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब १०ः४५ बजेतिर वीरेन्द्रनगर नगरपालिका- १ को देउतीथान नजिकैको भित्री सडकमा कर्णाली प्रदेश ०२००१ क ००६८ नम्बरको स्कुल बसले ठक्कर दिँदा वीरेन्द्रनगर नगरपालिका – १ का सुरेश सुनारकी ३ वर्षीया छोरी समीक्षा सुनारको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

५५ वर्षका चालक बालकृष्ण गिरीले चलाएको श्री सनसाइन एकेडेमी बोर्डिङ स्कुलको बसले बालिकालाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले चालक र गाडी प्रहरीको नियन्त्रणमा छन् । बालिकाको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा लगिएको छ । बांगेसिमलबाट देउतीथान तर्फ आउँदै गरेको बसले बालिकालाई ठक्कर दिएको हो ।

सम्बन्धित खबर

खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २ करोडको सहारा

खरानीबाट उठ्दै सुर्खेतका व्यवसायी: आगलागीले ध्वस्त पसललाई बीमाको २…

सुर्खेत। सुर्खेतमा केही महिनाअघि भएको विनाशकारी आगलागीबाट आफ्नो व्यापार-व्यवसाय गुमाएका एक व्यवसायीले बीमा रकम पाएपछि राहतको सास फेरेका छन्। आगलागीले खरानी…
सुर्खेतमा नेशनल प्याब्सनकाे अन्तरविद्यालय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न

सुर्खेतमा नेशनल प्याब्सनकाे अन्तरविद्यालय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न

सुर्खेत, साउन १० — नेशनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एशोसिएसन नेपाल (नेशनल प्याब्सन) जिल्ला समिति सुर्खेतको आयोजनामा वीरेन्द्रनगरस्थित सुभ होटलमा अन्तरविद्यालय…
सुर्खेत बसपार्कमा एक युवकमाथि अज्ञात समूहकाे आक्रमण

सुर्खेत बसपार्कमा एक युवकमाथि अज्ञात समूहकाे आक्रमण

सुर्खेतको वीरेन्द्रनगर बसपार्कमा एक युवकमाथि गएराति अज्ञात समूहले साङ्घातिक आक्रमण गरेको छ । ‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आक्रमणबाट लेकबेशी नगरपालिका–६…

Leave a Reply

Your email address will not be published. Required fields are marked *