• कार्तिक ३०, २०८१
  • No Comment
  • 221

सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु

सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब १०ः४५ बजेतिर वीरेन्द्रनगर नगरपालिका- १ को देउतीथान नजिकैको भित्री सडकमा कर्णाली प्रदेश ०२००१ क ००६८ नम्बरको स्कुल बसले ठक्कर दिँदा वीरेन्द्रनगर नगरपालिका – १ का सुरेश सुनारकी ३ वर्षीया छोरी समीक्षा सुनारको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

५५ वर्षका चालक बालकृष्ण गिरीले चलाएको श्री सनसाइन एकेडेमी बोर्डिङ स्कुलको बसले बालिकालाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले चालक र गाडी प्रहरीको नियन्त्रणमा छन् । बालिकाको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा लगिएको छ । बांगेसिमलबाट देउतीथान तर्फ आउँदै गरेको बसले बालिकालाई ठक्कर दिएको हो ।

सम्बन्धित खबर

सुर्खेतमा सवारी ज्यान मुद्दामा दुई वर्ष कैद सजाय पाएका फरार प्रतिवादी एक वर्षपछि पक्राउ

सुर्खेतमा सवारी ज्यान मुद्दामा दुई वर्ष कैद सजाय पाएका…

सुर्खेत। जिल्ला प्रहरी कार्यालय, सुर्खेतले सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। दैलेखको भगवतीमाई…
सुनचाँदी ब्यावसायी संघ सुर्खेतको अधिवेशन बिबादमा

सुनचाँदी ब्यावसायी संघ सुर्खेतको अधिवेशन बिबादमा

सुनचाँदी व्यावसायी संघ सुर्खेतको १० औ साधारण सभा तथा छैटौ अधिवेशनमा बिबाद देखिएको छ । तत्कालिन अध्यक्ष ज्ञानेन्द्र बहादुर बिश्वकर्माले आफनो…
सुर्खेतमा परमेश्वरको मण्डलीद्धारा सामूहिक रक्तदान

सुर्खेतमा परमेश्वरको मण्डलीद्धारा सामूहिक रक्तदान

कर्णाली प्रदेशस्थित वीरेन्द्रनगर सुर्खेतमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज द्धारा सामुहिक रक्तदान गरिएको छ । मन्डलीले आयोजना गरेको कार्यक्रममा ९० जना…

Leave a Reply

Your email address will not be published. Required fields are marked *