- कार्तिक २९, २०८१
- No Comment
- 20
विष सेवनबाट वृद्ध महिलाको मृत्यु
कालिञ्चोक गाउँपालिका २ बाबरेकी ८४ वर्षीय पदमकुमारी कठायतको विष सेवनबाट मृत्यु भएको छ । कात्तिक २७ गते नाम नखुलेको विष सेवन गरेर भमिट गरिरहेको अवस्थामा छोरा नरबहादुर कठयातले देखेपछि रोल्वालिङ सामुदायिक अस्पताल सिगटीमा उपचारका लागि लगेका थिए ।
सामान्य उपचारपछि थप उपचारका लागि २८ गते पशुपति चौलागाँई स्मृति अस्पताल चरिकोटमा ल्याइएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चरिकोटले जनाएको छ । विष सेवन गर्नुको कारण भने खुलेको छैन ।