• कार्तिक ३, २०८१
  • No Comment
  • 4

चितवनमा थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा फेला

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा थुनामा रहेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । आपराधिक लाभ कसुर मुद्दामा यही कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका-१३ का ४५ वर्षिय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा फेला परेका हुन् ।

आज बिहान ४ः४५ बजे बाथरुमको ढोका छेउमा घोप्टो परेको अवस्थामा भेटिएका उनलाई भरतपुर अस्पतालले मृत घोषणा गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार क्यामोदिनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *