- अशोज १, २०८१
- No Comment
- 59
चाैकुने गाउँपालिकाद्वारा सामुदायिक विद्यालयहरू अनुगमन
चौकुने गाउँपालिका गुटुले सामुदायिक विद्यालयको पठनपाठन र शैक्षिक अवस्थाको बारेमा जानकारी लिन सामुदायिक विद्यालयमा अनुगमन गरेको छ । गाउँपालिकाले आज विद्यालय को अनुगमनको क्रममा श्री जगन्नाथ मावि बिजौरा, श्री जनजागृत मावि तोस्रा, श्री सिद्धेश्वरी मावि सान्नेघारीमा विद्यालय शैक्षिक विकासमा विभिन्न पक्षसँग सम्बन्धित, वातावरण, विद्यालय सञ्चालनको मौजुदा अवस्था, विषयगत शैक्षिक उपलब्धि, शैक्षिक योजना, विद्यार्थी शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, वार्षिक कार्ययोजना, सामाजिक परीक्षण, आर्थिक भौतिक शैक्षिक क्रियाकलापका विषयमा जानकारी लिदै आवश्यक सुझाव दिईएको सामाजिक बिकास शाखा चौकुनेका संयोजक एंव वडा न ८ का वडा अध्यक्ष कमल जि सीले जानकारी दिनुभएको छ ।
गाउँपालिका भित्रका १ देखि ९ कक्षासम्मका विद्यालयहरूको नियमित कक्षा सञ्चालन भए नभएको अनुगमन गर्ने क्रममा शिक्षा क्षेत्रमा भएका समस्या समाधान गर्न सबैको महत्वपुर्ण भूमिका रहने उहाँले बताउनु भएको छ । उहाँले विद्यालयमा गुणस्तरिय शिक्षा अध्ययन अध्यापनका लागि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीको भुमिका बढि हुने बताउनु भएको छ । अनुगमनका क्रममा विद्यालयहरूको भौतिक अवस्था, आर्थिक पारदर्शिता, शिक्षण सिकाइको अवस्था, लगायत विषयमा जानकारी लिइने गरेको चौकुने गाउँपालिकाका उपाध्यक्ष नर बहादुर बान्तोलाले जानकारी दिनु भयाे ।
विद्यालय प्राङ्गणभित्र सरसफाइका सवालमा विद्यालयले सुधार गर्नुपर्ने ,विद्यालयमा भर्ना भएर विद्यालय नियमित नआउने विद्यार्थीहरुलाई नियमित गर्नका लागि बिद्यालय ब्यबस्थापन समिति र अभिभावकहरु बिच अन्तरक्रिया तथा सचेतनामूलक सन्देश प्रवाह गरी उनीहरुका समस्याहरुलाई बुझेर बिद्यालय नियमित गराउनु पर्ने आवश्यक देखिएको उहाँले बताउनुभएको छ । अनुगमनमा शिक्षा अनुगमन समिति पदाधिकारी संयाेजक गापा उपाध्यक्ष श्री नरबहादुर बान्ताेला, सदस्य एवम् सामाजिक बिकास समिति संयाेजक कमलबहादुर जी सि, सदस्य जीरक बडुवाल तथा सदस्य शंकर बिक सहितको अनुगमन टोलिले अनुगमन गरेको थियो