- असार ८, २०८३
- No Comment
- 11
सम्पत्ति शुद्धीकरण कसुरमा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेल सुर्खेतबाट पक्राउ

वीरेन्द्रनगर, असार ८ — सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि खोजीमा रहेका विष्णु प्रसाद पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२५ सैंबु आवास योजनामा बस्दै आएका पौडेललाई नियन्त्रणमा लिइएको हो। उनी पूर्व अर्थमन्त्रीका पूर्व स्वकीय सचिव तथा सहयोगीका रूपमा रहेका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुरबाट जारी भएको जरुरी पक्राउ पूर्जीका आधारमा खोजतलास गर्ने क्रममा उनलाई वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पौडेललाई असार ८ गते साँझ ५:१५ बजे नियन्त्रणमा लिइएको हो। विभागको पत्राचारपछि सुर्खेत प्रहरीले आवश्यक समन्वय गरी पक्राउ प्रक्रिया अघि बढाएको जनाएको छ।
पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


