- जेष्ठ ३०, २०८३
- No Comment
- 0
शिक्षाविद् कमल कुमार सिंह ‘लिडरशिप एक्सिलेन्स अवार्ड २०२५–२०२६’ बाट सम्मानित

सुर्खेत — शिक्षाविद् तथा नेशनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल कुमार सिंहलाई ‘लिडरशिप एक्सिलेन्स अवार्ड २०२५–२०२६’ प्रदान गरिएको छ।
भारतको नयाँ दिल्लीस्थित सिल्भर जोन फाउन्डेसनले उनलाई उक्त सम्मान प्रदान गरेको हो। संस्थाले अन्तर्राष्ट्रिय शिक्षा, अन्तर्राष्ट्रिय ओलम्पियाड परीक्षा तथा नेतृत्व विकासका क्षेत्रमा लामो समयदेखि ७० भन्दा बढी देशमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
शिक्षा र नेतृत्व विकासमा पुर्याएको योगदानको कदरस्वरूप सिंहलाई उक्त सम्मान प्रदान गरिएको बताइएको छ।
यस उपलब्धिप्रति विभिन्न शैक्षिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूले बधाई ज्ञापन गर्दै आगामी दिनमा थप सफलता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।




