• जेष्ठ ३०, २०८३
  • No Comment
  • 1

कर्णाली करिडोरमा भिरबाट खसेको ढुंगा लागेर हुम्लामा १५ वर्षीया किशोरीको मृत्यु

हुम्ला — हुम्लाको सर्केगाड गाउँपालिकास्थित थाग्णा क्षेत्रमा कर्णाली करिडोर माथिबाट खसेको ढुंगा लागेर एक किशोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सर्केगाड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउद शुक्रबार बिहान गाई–गोरु चराउन जङ्गल गएकी थिइन्। बिहान करिब १०:३० बजे करिडोरको माथिल्लो भागबाट अचानक खसेको ढुंगा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

घटनाको सूचना बिहान ११:५० बजे प्रहरी चौकी सर्केगाडमा प्राप्त भएपछि प्रहरी हबल्दार गोवर्द्धन परियारको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थलमा खटिएको थियो। साथै थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जङ्गबहादुर सिंहको नेतृत्वमा अर्को टोली समेत पठाइएको प्रहरीले जनाएको छ।

कर्णाली करिडोर आसपासका भिरालो क्षेत्रमा बर्सेनि ढुंगा खस्ने जोखिम रहने गरेको स्थानीय बताउँछन्। पछिल्लो घटनाले जोखिमयुक्त भिरहरूको व्यवस्थापन, नियमित अनुगमन तथा स्थानीय र यात्रुको सुरक्षाका लागि प्रभावकारी उपाय आवश्यक रहेको विषय पुनः उठाएको छ।

सम्बन्धित खबर

शिक्षाविद् कमल कुमार सिंह ‘लिडरशिप एक्सिलेन्स अवार्ड २०२५–२०२६’ बाट सम्मानित

शिक्षाविद् कमल कुमार सिंह ‘लिडरशिप एक्सिलेन्स अवार्ड २०२५–२०२६’ बाट…

 सुर्खेत — शिक्षाविद् तथा नेशनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल कुमार सिंहलाई ‘लिडरशिप एक्सिलेन्स अवार्ड २०२५–२०२६’ प्रदान…
जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा २१ वर्षीय युवकको मृत्यु, निष्पक्ष छानबिनको माग

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा २१ वर्षीय युवकको मृत्यु,…

सुर्खेत, वीरेन्द्रनगर — जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका २१ वर्षीय साकिर बक्सको मृत्यु भएपछि घटनालाई लिएर निष्पक्ष र पारदर्शी छानबिनको…
चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *