• जेष्ठ १४, २०८३
  • No Comment
  • 8

जेनजी आन्दोलन हिंसात्मक बन्नुमा सुधन गुरुङको मुख्य भूमिका रहेको आयोगको निष्कर्ष

राष्ट्रिय मानव अधिकार आयोग ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्नुमा ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुधन गुरुङ को मुख्य भूमिका रहेको निष्कर्ष निकालेको छ।

आयोग सदस्य डा. लिली थापा को संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा गुरुङले भिडको नेतृत्व सम्हालेपछि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच गम्भीर झडप सुरु भएको उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार भदौ २३ गते काठमाडौंस्थित एभरेस्ट होटल अगाडि प्रदर्शनकारीको संख्या २० देखि २५ हजार पुगेको थियो। सोही क्रममा करिब १२ बजेतिर सुधन गुरुङले भिडको नेतृत्व लिएपछि प्रदर्शनकारी आक्रोशित बन्दै सुरक्षा ब्यारिकेड तोडेर निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका थिए। त्यसपछि सुरक्षाकर्मीसँग मुठभेड र झडप भई अवस्था हिंसात्मक बनेको आयोगको निष्कर्ष छ।

आयोगले शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनलाई केही समूह तथा व्यक्तिले ‘हाइज्याक’ गरी हिंसात्मक बनाएको उल्लेख गरेको छ। प्रतिवेदनमा प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्नुका साथै एपीएफको वाटर क्यानन तोडफोड गरेको र बीआईसीसी अगाडि ध्वंसात्मक गतिविधि गरेको उल्लेख छ।

सुरक्षा निकायका अधिकारीहरूको बयान उद्धृत गर्दै आयोगले सुधन गुरुङको नेतृत्वमा रहेको भिडले सुरक्षा घेरा नाघेपछि अवस्था नियन्त्रण बाहिर गएको जनाएको छ। त्यसपछि सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

आयोगले सुधन गुरुङले प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साएको हो वा होइन भन्ने विषयमा थप सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। दोषी देखिए कानुनबमोजिम कारबाही गर्न पनि आयोगले सुझाव दिएको छ।

प्रतिवेदनमा आन्दोलनको नेतृत्व गर्दा अपनाउनुपर्ने संयमता नअपनाएको तथा सार्वजनिक शान्ति सुव्यवस्थामा असर पर्ने गतिविधिमा संलग्न भएको आरोप समेत उल्लेख गरिएको छ। आयोगले सामाजिक सञ्जालका अभिव्यक्ति तथा राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदनलाई समेत आधार मानेर निष्कर्ष निकालेको जनाएको छ।

सम्बन्धित खबर

सुर्खेतमा टिप्परको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु

सुर्खेतमा टिप्परको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु

सुर्खेत, १३ जेठ । सुर्खेतको भेरीगंगा नगरपालिकामा टिप्परको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। भेरीगंगा नगरपालिका–२ कालपानीस्थित भित्री सडकखण्डमा गुडिरहेको…
आजदेखि लगातार चार दिन बिदा, अस्पताल खुल्ला रहने 

आजदेखि लगातार चार दिन बिदा, अस्पताल खुल्ला रहने 

काठमाडौं, जेठ १४ । आजदेखि लगातार चार दिन सरकारी कार्यालय बन्द रहने भएका छन्। सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका अवसरमा…
काभा महिला भलिबलको सेमिफाइनलमा आज नेपाल र इरान भिड्दै

काभा महिला भलिबलको सेमिफाइनलमा आज नेपाल र इरान भिड्दै

काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत आज हुने सेमिफाइनल खेलमा नेपालले इरानको सामना गर्ने भएको छ। नेपाल र इरानबीचको खेल…

Leave a Reply

Your email address will not be published. Required fields are marked *