- जेष्ठ १४, २०८३
- No Comment
- 6
गर्मीमा यसकारण नरिवल पानी पिउने

गर्मी मौसम सुरु भएसँगै तापक्रम बढ्न थालेको छ। यस्तो अवस्थामा शरीरलाई चिसो, स्फूर्तिलो र हाइड्रेटेड राख्न प्राकृतिक पेय पदार्थमध्ये नरिवल पानी निकै लाभदायक मानिन्छ।
Back to Top

पोषणविद् अतुल उपाध्याय का अनुसार नरिवल पानीले शरीरमा पानीको कमी हुन दिँदैन र आवश्यक पोषक तत्वहरू प्रदान गर्छ।
नरिवल पानीमा करिब ९४ प्रतिशत पानी तथा इलेक्ट्रोलाइट्स हुने भएकाले गर्मीमा पसिनाबाट गुमेको पानीको मात्रा छिट्टै पूर्ति हुन्छ। यसले शरीरलाई तुरुन्त ऊर्जा दिनुका साथै थकान र कमजोरी कम गर्न मद्दत गर्छ।
यसमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्ने भएकाले पेट फुल्ने तथा ग्यासको समस्या कम हुन्छ। साथै, क्यालोरी, चिल्लो र चिनीको मात्रा कम हुने भएकाले तौल नियन्त्रणमा समेत सहयोग पुग्ने बताइन्छ।
नरिवल पानीमा रहेको पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण गर्न तथा खराब कोलेस्ट्रोल घटाउन मद्दत गर्ने विशेषज्ञहरूको भनाइ छ।
त्यस्तै, यसमा प्रशस्त मात्रामा पाइने एन्टीअक्सिडेन्ट र भिटामिन ‘सी’ ले छालालाई हाइड्रेट राख्दै प्राकृतिक चमक ल्याउन सहयोग गर्ने जनाइएको छ।


