• बैशाख २३, २०८३
  • No Comment
  • 8

कर्णाली प्रदेश समन्वय परिषद्को ११औँ बैठक सुरु : आगामी नीति तथा कार्यक्रमबारे छलफल

सुर्खेत, २३ वैशाख । कर्णाली प्रदेश समन्वय परिषद्को एघारौँ बैठक सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ। प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आजदेखि यो बैठक प्रारम्भ भएको हो।

बैठकमा विशेषगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका सम्बन्धमा महत्त्वपूर्ण छलफल हुँदैछ। यसका साथै प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजनाहरूबारे पनि समीक्षा गरिनेछ।

बैठकमा साझा अधिकारका विषयमा समन्वय र अन्तरसम्बन्ध कायम गर्ने एजेन्डा तय गरिएको छ। साथै, दशौँ बैठकका निर्णयहरूको पुनरावलोकन समेत गरिने जनाइएको छ।

स्थानीय तहका कर्मचारीहरूको विवरण, उनीहरूको कामकाज र स्थानीय तहले प्रदेशलाई बुझाउने राजस्वका विषयमा पनि बैठकमा गहन छलफल हुनेछ।

प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवका अनुसार यस बैठकले प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउन मद्दत गर्नेछ।

बैठकमा स्थानीय तहको बेरुजु फर्छ्योटसम्बन्धी क्षमता विकासमा जोड दिइने प्रमुख सचिव यादवले जानकारी दिए।

स्थानीय तहले निर्माण गरेका कानुनहरूको प्रदेशमा अभिलेखीकरण गर्ने विषय पनि बैठकको मुख्य एजेन्डामा समावेश छ। यसका साथै कानुन निर्माणका अन्य आवश्यक विषयमा छलफल गरी महत्त्वपूर्ण निर्णयहरू गरिनेछ।

उक्त बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह लगायत परिषद्का सदस्यहरूको उपस्थिति रहेको छ।

त्यसैगरी, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ र जिल्ला समन्वय समिति महासङ्घका प्रमुख एवं प्रतिनिधिहरूलाई पनि आमन्त्रित सदस्यका रूपमा बैठकमा सहभागी गराइएको छ।

सम्बन्धित खबर

कार्यन्वयनयोग्य र प्रतिफलमुखी योजना छनोट गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

कार्यन्वयनयोग्य र प्रतिफलमुखी योजना छनोट गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट तर्जुमा गर्दा प्रतिफल दिने र…
प्रधानमन्त्री बालेनमाथि गगन थापाको आरोप: ‘आफ्ना मान्छे नियुक्त गर्न जालझेल गर्दै अध्यादेश ल्याइयो’

प्रधानमन्त्री बालेनमाथि गगन थापाको आरोप: ‘आफ्ना मान्छे नियुक्त गर्न…

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेनले आफ्ना मान्छे नियुक्तिका लागि जालझेलपूर्ण तरिकाले अध्यादेश ल्याएको आरोप लगाएका छन्। सिंहदरबारस्थित…

Leave a Reply

Your email address will not be published. Required fields are marked *