• बैशाख २३, २०८३
  • No Comment
  • 16

पशुपति क्षेत्रबाट ३६ जनाको उद्धार, ६ जना होल्डिङ सेन्टरबाट भागे

काठमाडौँ । काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा सञ्चालनमा ल्याइएको होल्डिङ सेन्टरको पहिलो दिन ३६ जना सडक सहयोगापेक्षीको उद्धार गरिएको छ। तिलगंगामा मंगलबारदेखि सुरु भएको यस सेन्टरमा पुर्‍याइएकामध्ये ६ जना भने पर्खाल नाघेर भागेका छन्। हाल सेन्टरमा २८ जनालाई राखेर उनीहरूको पहिचान गर्ने काम भइरहेको छ।

सेन्टरको निरीक्षण गर्दै काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सडकमा अलपत्र परेका र सहारा नभएका असहायका लागि महानगरले उचित व्यवस्थापन गर्ने बताइन्। उनले काठमाडौँलाई सहयोगापेक्षी मानवमुक्त सहर बनाउने अभियानमा सबै पक्षको समन्वय आवश्यक रहेकोमा जोड दिइन्। यस्तै, कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले सेन्टरको सुरक्षा र पूर्वाधारलाई थप व्यवस्थित बनाइने बताए

मानव सेवा आश्रमका उपत्यका इन्चार्ज कृष्ण पौडेलका अनुसार उद्धार गरिएकाहरूमा ६ जना महिला र ३० जना पुरुष छन्। तीमध्ये ४ जनामा मानसिक समस्या देखिएको छ भने एकजना ज्येष्ठ नागरिक कुकुरको टोकाइबाट घाइते भएका छन्। उद्धार गरिएकाहरू सोलुखुम्बु, सुर्खेत, खोटाङ लगायत विभिन्न जिल्लाका रहेका छन्, जसमा शारीरिक रूपमा अशक्त र वैशाखीको सहारा लिनेहरू समेत छन्।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *