• बैशाख २३, २०८३
  • No Comment
  • 14

घरदैलोमै राहदानी पुर्‍याउँदै जुम्ला प्रशासन: ५५ रुपैयाँमै नागरिकले सेवा पाउने

जुम्लाका नागरिकहरूलाई सरकारी सेवा सहज र झन्झटरहित ढंगले उपलब्ध गराउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालयले घरदैलोमै राहदानी वितरण गर्ने कार्यको शुभारम्भ गरेको छ। सरकारको शासकीय सुधारअन्तर्गतको सय कार्यसूचीलाई कार्यान्वयन गर्दै सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने यो अभियानमा जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच औपचारिक समझदारी भएको हो। नयाँ व्यवस्था अनुसार हुलाक कार्यालयका एक कर्मचारीले जिल्ला प्रशासनमै बसेर समन्वय गर्नेछन् भने प्रशासनले तयार पारेका राहदानीहरू हुलाकलाई हस्तान्तरण गरेपछि हुलाकका कर्मचारीले सम्बन्धित नागरिकको घरमै पुगेर वितरण गर्ने व्यवस्था मिलाइएको छ।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार अब जुम्लाका आठै स्थानीय तहका नागरिकहरूले राहदानी लिनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। यो सेवा उपयोग गर्दा सेवाग्राहीले जम्मा ५५ रुपैयाँ मात्र शुल्क तिर्नुपर्नेछ भने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै राहदानी हस्तान्तरण गर्नुअघि सम्बन्धित व्यक्तिको तीन पुस्ते विवरण कडाइका साथ प्रमाणीकरण गरिनेछ। यसअघि गाउँगाउँबाट सदरमुकामसम्म आउँदा लाग्ने यातायात र बसाइ खर्चका कारण सर्वसाधारणले ठूलो आर्थिक भार व्यहोर्नुपर्थ्यो, तर यो नयाँ पहलले नागरिकको समय र पैसा दुवैको बचत गर्ने विश्वास लिइएको छ।

जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख गणेशदत्त रावलले प्रशासनबाट प्राप्त भएका राहदानीहरू हल्कारा मार्फत तीन दिनभित्रै सम्बन्धित सेवाग्राहीको हातमा पुर्‍याइने जानकारी दिएका छन्। दुर्गम जिल्लाका नागरिकलाई घरआँगनमै सरकारी सेवा पुर्‍याउने यो कदमले स्थानीय स्तरमा सुशासनको नयाँ महसुस गराएको छ।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *