- बैशाख १०, २०८३
- No Comment
- 6
चौकुने गाउँपालिका–८ भट्टेसेरामा एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ८ भट्टेसेरामा एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। विभिन्न वडा तथा टोलहरूमा सञ्चालन हुँदै आएको निर्धारित तालिका अनुसार आयोजित उक्त शिविरमा स्थानीय किसानहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष खडक बिवस बासपानेले पशुपालन क्षेत्रको विकास र किसानहरूको आयआर्जन वृद्धि गर्न यस्ता शिविरहरू अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
त्यस्तै, वडा नं. ८ का वडा अध्यक्ष कमल जि.सी.ले किसानहरूको आवश्यकता अनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।शिविरमा पशु चिकित्सक तथा प्राविधिक टोलीले पशुहरूको स्वास्थ्य परीक्षण, औषधि वितरण तथा आवश्यक परामर्श सेवा प्रदान गरेका थिए। कार्यक्रममा स्थानीय किसानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



