• बैशाख १०, २०८३
  • No Comment
  • 5

भारतीय तीर्थयात्री सवार जीप दुर्घटना : एकको मृत्यु, २० जना घाइते

काठमाडौं — प्युठान मा भारतीय तीर्थयात्री सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

प्रहरीका अनुसार स्वर्गद्वारी तर्फ जाँदै गरेको लु१ज ३१७५ नम्बरको जीप बिहीबार दिउँसो दुर्घटनामा परेको हो। दुर्घटना प्युठान नगरपालिका–४ टाकुरा सडकखण्डमा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नरहरि अधिकारी का अनुसार दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य २० जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि बुटवल पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

अतिक्रमणकारी र सुकुम्बासी छुट्याएर जग्गा वितरण गरिने : प्रधानमन्त्री बालेन्द्र शाह

अतिक्रमणकारी र सुकुम्बासी छुट्याएर जग्गा वितरण गरिने : प्रधानमन्त्री…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याएर आवश्यक व्यक्तिलाई यथाशक्य चाँडो जग्गा वितरण गर्ने बताएका छन्। शुक्रबार…
पञ्चपुरी २ प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा आँखा उपचार सेवा उद्घाटन

पञ्चपुरी २ प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा आँखा उपचार सेवा…

सुर्खेत। पञ्चपुरी नगरपालिका–२ सालकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा औपचारिक रूपमा उद्घाटन गरिएको छ। स्थानीय नागरिकलाई सहज र नजिकबाट आँखा…
सुकुमवासी बस्ती खाली गर्ने योजना रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

सुकुमवासी बस्ती खाली गर्ने योजना रोक्न माग गर्दै सर्वोच्चमा…

काठमाडौं । सुकुमवासी बस्ती खाली गर्ने सरकारी योजना तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। शुक्रबार बिहान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *