• बैशाख १०, २०८३
  • No Comment
  • 7

खालिपेट लसुन खानु स्वास्थ्यका लागि कतिको फाइदाजनक ?

 काठमाडौं — बिहान खाली पेटमा लसुन सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक मानिए पनि यसको प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने विज्ञहरूले बताएका छन्।

परम्परागत रूपमा घरेलु उपचारमा प्रयोग हुँदै आएको लसुनलाई औषधीय गुणयुक्त खाद्य पदार्थका रूपमा लिइन्छ। विशेषगरी पेट दुख्दा मनतातो पानीसँग लसुन सेवन गर्ने चलन रहँदै आएको छ। प्राचीन समयदेखि नै लसुनले शरीरलाई बलियो बनाउने, ऊर्जा दिने र समग्र स्वास्थ्य सुधार गर्ने विश्वास गरिँदै आएको पाइन्छ।

स्वास्थ्य विज्ञहरूका अनुसार लसुनमा एन्टिबायोटिक तथा एन्टिअक्सिडेन्ट गुण हुन्छ। यसमा भिटामिन ए, बी र सीका साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम र म्याग्नेसियमजस्ता खनिज तत्व पाइन्छन्। नियमित सेवनले रगतमा कोलेस्टेरोलको मात्रा घटाउन, रक्तसञ्चार सुधार गर्न र मुटुसम्बन्धी रोगको जोखिम कम गर्न सहयोग पुर्‍याउने बताइएको छ।

त्यसैगरी, लसुनले पाचन प्रणाली सुधार गर्ने, कब्जियत र डायरियाजस्ता समस्यामा राहत दिने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ। दम, खोकी तथा जोर्नी दुखाइमा समेत यसको उपयोगी प्रभाव देखिएको चिकित्सकहरू बताउँछन्।

यद्यपि, लसुनको अत्यधिक वा असावधानीपूर्वक सेवनले केही समस्या निम्त्याउन सक्छ। दैनिक धेरै मात्रामा सेवन गर्दा मुख गन्हाउने, पेट पोल्ने, ग्यास बढ्ने तथा छाती जल्ने जस्ता समस्या देखिन सक्छन्।

विशेषगरी ग्यास्ट्रिक वा एसिडिटी भएका, लसुनप्रति एलर्जी हुने तथा रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्तिले लसुन सेवन नगर्न सुझाव दिइएको छ। साथै केही मुटु तथा श्वासप्रश्वाससम्बन्धी बिरामीले पनि चिकित्सकको सल्लाहबिना लसुन सेवन नगर्नु उपयुक्त हुन्छ।

तसर्थ, लसुनमा धेरै स्वास्थ्य लाभ भए पनि व्यक्तिगत स्वास्थ्य अवस्था अनुसार सन्तुलित रूपमा सेवन गर्नु आवश्यक रहेको विज्ञहरूको भनाइ छ।

सम्बन्धित खबर

अतिक्रमणकारी र सुकुम्बासी छुट्याएर जग्गा वितरण गरिने : प्रधानमन्त्री बालेन्द्र शाह

अतिक्रमणकारी र सुकुम्बासी छुट्याएर जग्गा वितरण गरिने : प्रधानमन्त्री…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याएर आवश्यक व्यक्तिलाई यथाशक्य चाँडो जग्गा वितरण गर्ने बताएका छन्। शुक्रबार…
पञ्चपुरी २ प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा आँखा उपचार सेवा उद्घाटन

पञ्चपुरी २ प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा आँखा उपचार सेवा…

सुर्खेत। पञ्चपुरी नगरपालिका–२ सालकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा औपचारिक रूपमा उद्घाटन गरिएको छ। स्थानीय नागरिकलाई सहज र नजिकबाट आँखा…
सुकुमवासी बस्ती खाली गर्ने योजना रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

सुकुमवासी बस्ती खाली गर्ने योजना रोक्न माग गर्दै सर्वोच्चमा…

काठमाडौं । सुकुमवासी बस्ती खाली गर्ने सरकारी योजना तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। शुक्रबार बिहान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *