• बैशाख ९, २०८३
  • No Comment
  • 7

आइसिसी च्यालेन्ज ट्रफीमा नेपालको लगातार दोस्रो जित

रुवाण्डामा जारी आइसिसी महिला च्यालेन्ज ट्रफी २०२६ अन्तर्गत नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। नेपालले घरेलु टोली रुवाण्डालाई २ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो लय कायम राखेको हो।

रुवाण्डाले दिएको ८९ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा सम्झना खड्काले ४२ रनको महत्वपूर्ण योगदान दिइन्।

यसअघि पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा इटालीलाई ५० रनले हराएको थियो। उक्त जितसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो सफलता हासिल गरेको हो।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुवाण्डा १९.४ ओभरमा ८८ रनमा अलआउट भयो। उसका लागि एलिस इकुज्वेले १७, मर्भिले उवासेले १५, क्लारिस उवासेले १३ तथा रोजिन इरेराले अविजित १३ रन बनाइन्।

नेपालका तर्फबाट बलिङमा रचना चौधरीले ३ विकेट लिइन् भने पूजा महतोले २ विकेट हात पारिन्। साथै कविता कुँवर, मनिषा उपाध्याय र रिया शर्माले समान १/१ विकेट लिए।

सम्बन्धित खबर

अतिक्रमणकारी र सुकुम्बासी छुट्याएर जग्गा वितरण गरिने : प्रधानमन्त्री बालेन्द्र शाह

अतिक्रमणकारी र सुकुम्बासी छुट्याएर जग्गा वितरण गरिने : प्रधानमन्त्री…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याएर आवश्यक व्यक्तिलाई यथाशक्य चाँडो जग्गा वितरण गर्ने बताएका छन्। शुक्रबार…
पञ्चपुरी २ प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा आँखा उपचार सेवा उद्घाटन

पञ्चपुरी २ प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा आँखा उपचार सेवा…

सुर्खेत। पञ्चपुरी नगरपालिका–२ सालकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा औपचारिक रूपमा उद्घाटन गरिएको छ। स्थानीय नागरिकलाई सहज र नजिकबाट आँखा…
सुकुमवासी बस्ती खाली गर्ने योजना रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

सुकुमवासी बस्ती खाली गर्ने योजना रोक्न माग गर्दै सर्वोच्चमा…

काठमाडौं । सुकुमवासी बस्ती खाली गर्ने सरकारी योजना तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। शुक्रबार बिहान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *