• बैशाख ८, २०८३
  • No Comment
  • 6

सुर्खेतकाे बराहतालमा अवैध सालको काठ बरामद 

सुर्खेत, ८ वैशाख — सुर्खेतको बराहताल गाउँपालिका–५ धुलेचौरमा प्रहरीले वन कार्यालयसँगको संयुक्त प्रयासमा अवैध सालको काठ बरामद गरेको छ।

मंगलबार अपराह्न करिब ४:४५ बजे स्थानीय ५५ वर्षीय कर्णबहादुर थापाको गोठमा अवैध काठ लुकाइराखिएको भन्ने गोप्य सूचनाका आधारमा छापा मारिएको प्रहरीले जनाएकाे छ। उक्त प्रयासमा इलाका प्रहरी कार्यालय बाबियाचौरसव-डिभिजन वन कार्यालय बड्डिचौरको संयुक्त टोली खटिएको थियो।

प्रहरी निरीक्षक भुपेन्द्र शाही र प्रहरी सहायक निरीक्षक होबिन्द बहादुर रावलको नेतृत्वमा पुगेको टोलीले गोठ खानतलासी गर्दा लुकाइराखिएको अवस्थामा ७ फिट लम्बाइका २२ थान सालका चिरान काठ फेला पारेको जनाएको छ।

बरामद काठ आवश्यक कानुनी प्रक्रिया पूरा गरी सव-डिभिजन वन कार्यालय बड्डिचौरको जिम्मा लगाइएको छ।

घटनापछि गोठधनी कर्णबहादुर थापा भने फरार रहेकाे प्रहरीले जनाएकाे छ। उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि मुद्दा डिभिजन वन कार्यालय सुर्खेतमा पठाइएको छ।

सम्बन्धित खबर

अतिक्रमणकारी र सुकुम्बासी छुट्याएर जग्गा वितरण गरिने : प्रधानमन्त्री बालेन्द्र शाह

अतिक्रमणकारी र सुकुम्बासी छुट्याएर जग्गा वितरण गरिने : प्रधानमन्त्री…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याएर आवश्यक व्यक्तिलाई यथाशक्य चाँडो जग्गा वितरण गर्ने बताएका छन्। शुक्रबार…
पञ्चपुरी २ प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा आँखा उपचार सेवा उद्घाटन

पञ्चपुरी २ प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा आँखा उपचार सेवा…

सुर्खेत। पञ्चपुरी नगरपालिका–२ सालकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा औपचारिक रूपमा उद्घाटन गरिएको छ। स्थानीय नागरिकलाई सहज र नजिकबाट आँखा…
सुकुमवासी बस्ती खाली गर्ने योजना रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

सुकुमवासी बस्ती खाली गर्ने योजना रोक्न माग गर्दै सर्वोच्चमा…

काठमाडौं । सुकुमवासी बस्ती खाली गर्ने सरकारी योजना तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। शुक्रबार बिहान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *