• बैशाख ८, २०८३
  • No Comment
  • 15

गतिशील सहकारीका अध्यक्ष तथा राष्ट्रिय वाणिज्य बैंकका पूर्वअध्यक्ष पाठक पक्राउ

काठमाडौंललितपुरस्थित गतिशील सहकारी संस्थाका अध्यक्ष तथा राष्ट्रिय वाणिज्य बैंकका पूर्वअध्यक्ष बलराम पाठकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पाठकलाई मंगलबार इमाडोलबाट नियन्त्रणमा लिइएको हो। उनीमाथि सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागिएको छ। उक्त घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

पाठक तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति अध्यक्ष नियुक्त भएका थिए। उनी काँग्रेस–माओवादीसहितको गठबन्धन सरकारका बेला उक्त जिम्मेवारीमा रहेका थिए।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

सम्बन्धित खबर

अतिक्रमणकारी र सुकुम्बासी छुट्याएर जग्गा वितरण गरिने : प्रधानमन्त्री बालेन्द्र शाह

अतिक्रमणकारी र सुकुम्बासी छुट्याएर जग्गा वितरण गरिने : प्रधानमन्त्री…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याएर आवश्यक व्यक्तिलाई यथाशक्य चाँडो जग्गा वितरण गर्ने बताएका छन्। शुक्रबार…
पञ्चपुरी २ प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा आँखा उपचार सेवा उद्घाटन

पञ्चपुरी २ प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा आँखा उपचार सेवा…

सुर्खेत। पञ्चपुरी नगरपालिका–२ सालकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा औपचारिक रूपमा उद्घाटन गरिएको छ। स्थानीय नागरिकलाई सहज र नजिकबाट आँखा…
सुकुमवासी बस्ती खाली गर्ने योजना रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

सुकुमवासी बस्ती खाली गर्ने योजना रोक्न माग गर्दै सर्वोच्चमा…

काठमाडौं । सुकुमवासी बस्ती खाली गर्ने सरकारी योजना तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। शुक्रबार बिहान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *