बुटवल।दानबहादुर कार्कीले बिचौलियाको प्रचलन अन्त्य गर्न तथा निःशुल्क निवेदन लेख्ने व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिएका छन्।
इलाका प्रहरी कार्यालय बुटवल परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन गर्दै महानिरीक्षक कार्कीले सेवाग्राहीका नाममा बिचौलियाको रूपमा संलग्न भई व्यक्तिगत स्वार्थ साध्ने प्रवृत्ति रोक्नुपर्ने बताएका हुन्। उनले एक व्यक्तिको कामका लागि धेरै व्यक्तिहरू आउन आवश्यक नरहेको स्पष्ट पारे।
उनले निवेदन लेख्ने नाममा सर्वसाधारण, विशेषगरी सीमान्तकृत तथा लेख्न नसक्ने व्यक्तिबाट रकम असुल्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए। त्यस्ता वर्गका लागि प्रहरीले स्वयं निःशुल्क रूपमा निवेदन लेख्ने व्यवस्था मिलाउन निर्देशन दिँदै स्वयंसेवीहरूलाई पनि यसतर्फ ध्यान दिन आग्रह गरे।
महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई बोली, व्यवहार र कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउँदै नागरिकका अपेक्षाहरू समयमै सम्बोधन गर्न निर्देशन दिए। प्रभावकारी सेवा प्रवाहमार्फत जनविश्वास अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिए।
उनले प्रविधिमैत्री सहर निर्माणको आवश्यकता औंल्याउँदै सीमित स्रोत–साधनका बाबजुद नागरिकप्रतिको जिम्मेवारी र सहयोगले प्रहरीलाई अझ उत्तरदायी बन्न प्रेरित गरिरहेको बताए।
उक्त सेवा केन्द्रको भवन बेलायत सरकारको सहयोगमा २ करोड ४१ लाख ४३ हजार ७५३ रुपैयाँ लागतमा निर्माण गरिएको हो।
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश संरचना खारेज गर्ने प्रस्ताव आएमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दुईतिहाइ मत पुर्याउन…
वीरेन्द्रनगर, १९ चैत । सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११, गणेशपुर…