• चैत्र १६, २०८२
  • No Comment
  • 10

युरोपमा ४ लाखभन्दा बढी किटक्याट चकलेट चोरी

काठमाडौं । विश्वप्रसिद्ध चकलेट ब्रान्ड किटक्याटको ठूलो परिमाण युरोपमा चोरी भएको घटना सार्वजनिक भएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेले आफ्ना उत्पादन ढुवानीका क्रममा चोरी भएको पुष्टि गरेको हो।

कम्पनीका अनुसार मध्य इटालीस्थित कारखानाबाट पोल्याण्डतर्फ ढुवानी हुँदै गर्दा करिब १२ टन किटक्याट चकलेट चोरी भएको हो। चोरी भएको उक्त परिमाणमा करिब ४ लाख १३ हजारभन्दा बढी चकलेट बारहरू रहेको जनाइएको छ।

नेस्लेले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै घटनाबारे स्थानीय अधिकारी र आपूर्ति शृङ्खलासँग सहकार्य गरी अनुसन्धान भइरहेको जनाएको छ। कम्पनीले ग्राहक सुरक्षामा कुनै खतरा नरहेको र बजार आपूर्तिमा पनि कुनै असर नपर्ने स्पष्ट पारेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यति ठूलो परिमाणमा खाद्य सामग्री चोरी भएको घटना दुर्लभ मानिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान र सामानको अवस्थाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।

हाल सम्बन्धित निकायहरूले घटनाको अनुसन्धान अघि बढाइरहेका छन्।

सम्बन्धित खबर

रौतहट जिल्ला अदालतका कर्मचारी घुससहित पक्राउ

रौतहट जिल्ला अदालतका कर्मचारी घुससहित पक्राउ

रौतहट । रौतहटस्थित रौतहट जिल्ला अदालत का एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाबाट खटिएको टोलीले…
यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ

यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ

 काठमाडौं | काठमाडौं महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालय बाट सात जना बिचौलिया पक्राउ परेका छन्। सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक)…
वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण अब जुनसुकै मान्यता प्राप्त अस्पतालमा

वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण अब जुनसुकै मान्यता प्राप्त…

काठमाडौं | वैदेशिक रोजगारीमा जाने कामदारले अब सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन्। श्रम, रोजगार तथा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *