• चैत्र १७, २०८२
  • No Comment
  • 8

यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ

 काठमाडौं | काठमाडौं महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालय बाट सात जना बिचौलिया पक्राउ परेका छन्।

सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको अभियोगमा प्रहरी वृत्त स्वयम्भू बाट खटिएको टोलीले आज अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापका ३९ वर्षीय विज्ञान राई, काठमाडौंका ३१ वर्षीय सञ्जय राजवाहक र ३६ वर्षीय विमल तामाङ, रामेछापका ३५ वर्षीय रमेश कार्की, धादिङकी ३६ वर्षीया कल्पना लम्साल तथा नुवाकोटका ३९ वर्षीय उद्धव खनाल रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट रु १ लाख २२ हजार नगद तथा ५३ थान बिलबुक बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

रौतहट जिल्ला अदालतका कर्मचारी घुससहित पक्राउ

रौतहट जिल्ला अदालतका कर्मचारी घुससहित पक्राउ

रौतहट । रौतहटस्थित रौतहट जिल्ला अदालत का एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाबाट खटिएको टोलीले…
वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण अब जुनसुकै मान्यता प्राप्त अस्पतालमा

वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण अब जुनसुकै मान्यता प्राप्त…

काठमाडौं | वैदेशिक रोजगारीमा जाने कामदारले अब सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन्। श्रम, रोजगार तथा…
ओली र लेखकको बयान बुधबारदेखि सुरु हुने

ओली र लेखकको बयान बुधबारदेखि सुरु हुने

काठमाडौं | जेनजी आन्दोलनका क्रममा गोली चलाउन आदेश दिएको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को…

Leave a Reply

Your email address will not be published. Required fields are marked *