• चैत्र १५, २०८२
  • No Comment
  • 6

अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेद्वारा देशभर ज्ञापन पत्र बुझाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना अध्यक्ष केपी शर्मा ओली को रिहाइको माग गर्दै आज देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ।

गौरीबहादुर कार्की आयोगले दोषी ठहर गरेको आधारमा अध्यक्ष ओलीलाई हिजो निवासबाट प्रहरीले पक्राउ गरेपछि एमाले सचिवालय बैठकले विरोध जनाउँदै रिहाइको मागसहित देशव्यापी रूपमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो।

पार्टीका प्रचार तथा प्रकाशन विभाग संयोजक मीनबहादुर शाहीका अनुसार काठमाडौंमा माइतीघर मण्डला मा भेला भई नारा जुलुससहित जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाइने कार्यक्रम तय गरिएको छ।

यसअघि हिजो पनि पार्टी निकट जनसंगठनहरूले माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए।

यसैबीच अध्यक्ष ओली पक्राउ प्रकरणबारे आज बिहान १०ः३० बजे कानुनविद्हरूसँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिने भएको छ। कार्यक्रम पुतलीसडक स्थित संगठनको केन्द्रीय कार्यालयमा हुने बताइएको छ।

सम्बन्धित खबर

रौतहट जिल्ला अदालतका कर्मचारी घुससहित पक्राउ

रौतहट जिल्ला अदालतका कर्मचारी घुससहित पक्राउ

रौतहट । रौतहटस्थित रौतहट जिल्ला अदालत का एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाबाट खटिएको टोलीले…
यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ

यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ

 काठमाडौं | काठमाडौं महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालय बाट सात जना बिचौलिया पक्राउ परेका छन्। सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक)…
वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण अब जुनसुकै मान्यता प्राप्त अस्पतालमा

वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण अब जुनसुकै मान्यता प्राप्त…

काठमाडौं | वैदेशिक रोजगारीमा जाने कामदारले अब सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन्। श्रम, रोजगार तथा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *