• चैत्र ९, २०८२
  • No Comment
  • 0

बर्दिया निकुञ्जमा शिकार खेल्न गएका सुर्खेतका युवक मृत फेला, ५ जना अझै बेपत्ता

सुर्खेत/बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा अवैध शिकारका लागि गएका सुर्खेतका ६ जनामध्ये एक जनाको शव फेला परेको छ भने अन्य ५ जना अझै बेपत्ता छन्।

गत फागुन २३ गते सुर्खेतको बराहताल गाउँपालिकाबाट निकुञ्जतर्फ गएका ३३ वर्षीय टोप बहादुर खत्रीको शव आइतबार दिउँसो बर्दियाको ठाकुरबाबा नगरपालिका-२ स्थित झाँक्री खोलामा फेला परेको हो। मृतकका भिनाजु आसे महतराले घटनास्थलमै पुगेर शवको सनाखत गरेका छन्।

टोप बहादुरसँगै गएका रेशम समसेली, रबिलाल दमाई, राम बहादुर घर्ती, सुनिल समसेली र दुर्गा बहादुर सिजाली अझै सम्पर्कविहीन भएकाे प्रहरीले जनाएकाे  छ। खोजीका क्रममा प्रहरीले बराहताल-१ स्थित सुगरखाल जङ्गलको एक ओडारमा लुकाइएको अवस्थामा १ थान भरुवा बन्दुक र ५ वटा छर्रा बरामद गरेको छ।

हाल नेपाल प्रहरी, नेपाली सेना र निकुञ्ज प्रशासनको संयुक्त टोलीले बेपत्ताहरूको खोजी र घटनाको थप अनुसन्धान गरिरहेको जनाएकाे छ।

सम्बन्धित खबर

सुर्खेतमा २ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

सुर्खेतमा २ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

 सुर्खेत, ९ चैत — सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो करिब १:०० बजेको समयमा…
भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६: घरको कुना-कुनासम्म तीव्र गति इन्टरनेट

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६: घरको कुना-कुनासम्म तीव्र गति…

काठमाडौँ, २२ मार्च २०२६ — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता…
हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु

बाजुरा — बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिला र उनका नवजात शिशुको उपचारका क्रममा निधन भएको छ। बडीमालिका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *