• चैत्र ९, २०८२
  • No Comment
  • 0

सुर्खेतमा २ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

 सुर्खेत, ९ चैत — सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

सोमबार दिउँसो करिब १:०० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदे क्षेत्रमा शंकास्पद अवस्थामा बसिरहेका ३६ वर्षीय हर्ष सिंह ठकुरी र २२ वर्षीय तुला नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको थियो। खानतलासीका क्रममा उनीहरूको साथबाट नापतौल गर्दा शुद्ध २ ग्राम ब्राउनसुगर (खैरो धुलो पदार्थ) बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। उनीहरूमाथि लागूऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६: घरको कुना-कुनासम्म तीव्र गति इन्टरनेट

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६: घरको कुना-कुनासम्म तीव्र गति…

काठमाडौँ, २२ मार्च २०२६ — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता…
हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु

बाजुरा — बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिला र उनका नवजात शिशुको उपचारका क्रममा निधन भएको छ। बडीमालिका…
 दार्चुलामा ४.२ म्याग्निच्युडको भूकम्प

 दार्चुलामा ४.२ म्याग्निच्युडको भूकम्प

दार्चुलामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ५१ मिनेट जाँदा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *