• चैत्र ९, २०८२
  • No Comment
  • 6

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु

बाजुरा — बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिला र उनका नवजात शिशुको उपचारका क्रममा निधन भएको छ।

बडीमालिका नगरपालिका–१ सल्लेनाकी २१ वर्षीया सुरता कुमारी रोकाया र उनका शिशुको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

परिवारका अनुसार, मुटु रोगबाट पीडित सुरतालाई चिकित्सकले दोस्रो सन्तान नजन्माउन सुझाव दिएका थिए। तर पुनः गर्भवती बनेपछि गर्भावस्थाको अन्तिम चरणमा उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो।

गाउँमा आवश्यक उपचार सम्भव नभएपछि उनलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको थियो। अस्पतालमा चिकित्सकहरूले आमा र शिशु दुवैलाई बचाउन प्रयास गरे पनि सफल हुन सकेनन्।

दुर्गम क्षेत्रमा समयमै स्वास्थ्य सेवा नपुग्दा यस्ता दुःखद घटना दोहोरिने गरेको भन्दै स्थानीयले स्वास्थ्य सेवामा सुधारको आवश्यकता औंल्याएका छन्।

सम्बन्धित खबर

सुर्खेतमा २ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

सुर्खेतमा २ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

 सुर्खेत, ९ चैत — सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो करिब १:०० बजेको समयमा…
भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६: घरको कुना-कुनासम्म तीव्र गति इन्टरनेट

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६: घरको कुना-कुनासम्म तीव्र गति…

काठमाडौँ, २२ मार्च २०२६ — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता…
 दार्चुलामा ४.२ म्याग्निच्युडको भूकम्प

 दार्चुलामा ४.२ म्याग्निच्युडको भूकम्प

दार्चुलामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ५१ मिनेट जाँदा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *