• फाल्गुन २८, २०८२
  • No Comment
  • 20

एमाले नेता कृष्ण थापाको हृदयघातबाट निधन

काठमाडौं । नेकपा एमाले कास्कीका इन्चार्ज तथा वरिष्ठ नेता कृष्ण थापा को हृदयघातका कारण निधन भएको छ।

अस्वस्थ भएपछि उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको एमाले कास्कीले जनाएको छ।

एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारी का अनुसार जिल्ला कमिटीले आयोजना गरेको चुनावी समीक्षा बैठकका क्रममा थापा अचानक ढलेका थिए। त्यसपछि उनलाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकले बचाउन सकेनन्।

कृष्ण थापा पोखराको स्थानीय राजनीतिमा प्रभावशाली नेताका रूपमा चिनिन्थे। उनी २०५४ सालमा पोखरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। पछि २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्यका रूपमा पनि निर्वाचित भएका थिए।

२०७९ सालको स्थानीय तह निर्वाचनमा उनले पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए, तर पराजित भएका थिए। पछिल्लो निर्वाचनका लागि सुरुमा उनलाई टिकट दिइए पनि पछि सो टिकट रश्मी आचार्य लाई प्रदान गरिएको थियो।

कास्की जिल्ला कमिटीका पूर्वअध्यक्ष समेत रहेका थापा पार्टीको महाधिवेशनबाट केन्द्रीय सदस्य समेत बनेका थिए।

थापाको निधनले एमाले कास्की मात्र नभई पोखराको राजनीतिक वृत्तमा शोकको वातावरण सिर्जना भएको छ। पार्टी नेता तथा कार्यकर्ताहरूले उनको योगदान स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

सम्बन्धित खबर

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…
चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती मन्दिर निर्माण कार्य सुरु

चौकुने ८ मा रहेको लालझाडी सामुदायिक वनको पहलमा सरस्वती…

सुर्खेत। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–८ भट्टेसरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सरस्वती मन्दिर निर्माण कार्य सुरु गरिएको छ। लालझाडी…
ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

ग्यास अभावविरुद्धको रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *