• फाल्गुन १०, २०८२
  • No Comment
  • 41

मुटुरोग रोकथामका लागि ध्यान दिनु पर्ने १० काम

 डा. ओममूर्ति अनिल

काठमाडौं। मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार ९० प्रतिशतभन्दा बढी मुटुरोग समयमै सावधानी अपनाएमा रोकथाम गर्न सकिन्छ। अस्वस्थकर जीवनशैलीमा सुधार, नियमित स्वास्थ्य परीक्षण र आवश्यक परे औषधिको उचित प्रयोगमार्फत मुटु सम्बन्धी जटिलता घटाउन सकिने उनको भनाइ छ।

उनका अनुसार मुटुरोगबाट जोगिन उमेरअनुसार प्राथमिकता तय गर्न आवश्यक छ। किशोर तथा युवावस्थादेखि नै नियमित व्यायाम, सन्तुलित आहार र धूमपान त्याग्ने बानी बसाल्न सके भविष्यमा जोखिम कम हुन्छ। वयस्क तथा वृद्ध उमेर समूहले भने नियमित स्वास्थ्य परीक्षण र चिकित्सकको सल्लाहअनुसार औषधि सेवनमा विशेष ध्यान दिनुपर्छ।

१. नियमित स्वास्थ्य परीक्षण
स्वस्थ देखिने व्यक्तिले पनि वर्षमा कम्तीमा एक–दुई पटक स्वास्थ्य परीक्षण गर्नुपर्छ। उच्च रक्तचाप, कोलेस्टेरोल र मधुमेहको जाँच अनिवार्य गर्नुपर्ने डा. अनिलको सुझाव छ।

२. समस्या देखिए तुरुन्त नियन्त्रण
जाँचका क्रममा उच्च रक्तचाप, मधुमेह वा कोलेस्टेरोल देखिए जीवनशैली सुधारबाट नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ। आवश्यक परे औषधि सेवनमा ढिलाइ गर्नुहुँदैन। मुटुरोगीले भने चिकित्सकको सल्लाहअनुसार औषधि नियमित सेवन गर्नुपर्छ।

३. धूमपान पूर्ण रूपमा त्याग्ने
धूमपान हृदयघातको प्रमुख कारणमध्ये एक हो। एक–दुईवटा चुरोटले पनि जोखिम बढाउने भएकाले समयमै पूर्ण रूपमा त्याग्नुपर्ने चिकित्सकहरूको सुझाव छ।

४. जंकफुडबाट टाढा रहने
फास्टफुड र प्रशोधित खानाले रक्तचाप, मधुमेह र कोलेस्टेरोल बढाउँछ। घरमै पकाइएको प्राकृतिक तथा अप्रशोधित खाना स्वास्थ्यका लागि उत्तम मानिन्छ।

५. नियमित व्यायाम गर्ने
विश्व स्वास्थ्य संगठनका अनुसार हप्तामा पाँच दिन कम्तीमा ३० मिनेट हिँड्नुपर्छ। तर डा. अनिलका अनुसार सम्भव भए दैनिक करिब एक घण्टा हिँड्दा जोखिम कारकहरू अझ राम्रोसँग नियन्त्रणमा रहन्छन्।

६. फलफूल र सागसब्जी बढी खाने
दिनमा तीनदेखि पाँचपटकसम्म ताजा फलफूल र सागसब्जी सेवन गर्नुपर्छ। यसले मुटुरोगको जोखिम घटाउने विभिन्न अध्ययनले देखाएका छन्।

७. रातो मासु कम गर्ने
रातो मासुमा स्याचुरेटेड फ्याट बढी हुने भएकाले यसको सेवन घटाउनुपर्ने सुझाव छ। माछा तथा सेतो मासु कम तेलमा पकाएर खानु स्वास्थ्यकर मानिन्छ।

८. तनाव व्यवस्थापन गर्ने
तनावले रक्तचाप, कोलेस्टेरोल र मधुमेह बढाउन सक्छ। त्यसैले तनाव व्यवस्थापनमार्फत मुटुरोगको जोखिम घटाउन सकिन्छ।

९. मदिरा सेवन नियन्त्रण गर्ने
अत्यधिक मदिरा सेवनले मुटुमा रगत जम्ने (क्लट) जोखिम बढाउन सक्छ। विशेषगरी युवावस्थामै अत्यधिक सेवनले दीर्घकालीन समस्या निम्त्याउन सक्छ।

१०. सकारात्मक सोच विकास गर्ने
रिस, उत्तेजना र नकारात्मक भावनाले दीर्घकालमा मुटुमा असर पुर्‍याउन सक्छ। सकारात्मक सोच र भावनात्मक सन्तुलन स्वास्थ्यका लागि लाभदायक हुन्छ।

डा. अनिलका अनुसार यी उपायहरू दैनिक जीवनमा अपनाउन सके अधिकांश मुटुरोगको जोखिम घटाउन सकिन्छ। “मुटु स्वस्थ राख्न जीवनशैलीमै परिवर्तन गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो,” उनले जोड दिए।

सम्बन्धित खबर

The Emerald Isle’s Digital Craps: Navigating the Online Casino…

Introduction: Why Your Online Casino Experience Matters For those of us who frequent the virtual tables and slots, the online casino…

A great, sizable bonuses is among Moonspin Casino’s nv…

Its games library include LuckyStreak and GameArt titles, plus in-home set up online game instance Hey-Lo, Crash, Whenever Moon Bro, Dice,…

Comprar esteroides en España: Todo lo que necesitas saber

La compra de esteroides en España es un tema que genera interés y controversia entre deportistas, culturistas y aficionados al fitness.…

Leave a Reply

Your email address will not be published. Required fields are marked *