• बैशाख ४, २०८३
  • No Comment
  • 17

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस दिनलाई सामान्य बोलिचालीमा ‘आमा खुवाउने औँसी’ पनि भन्ने गरिन्छ।

परम्पराअनुसार आज जीवित आमालाई दर्शन गरी मिठो खान, लाउन दिई तथा मनपर्ने मिष्ठान्न, लत्ताकपडा र उपहार प्रदान गरेर सम्मान र कृतज्ञता व्यक्त गर्ने चलन रहेको छ। त्यस्तै, दिवंगत आमाको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गरी उनीहरूको आत्माको शान्तिको कामना गरिन्छ। विशेषगरी काठमाडौंको मातातीर्थ क्षेत्रमा आज ठूलो संख्यामा श्रद्धालुहरू भेला भई पूजा–आराधना गरिरहेका छन्।

सनातन धर्मअनुसार मातापिताको दैनिक सेवा, सम्मान र हेरचाहलाई विशेष महत्व दिइएको छ। तर सबैलाई सधैं आमाबुवाको नजिक रहन सम्भव नहुने भएकाले यस पर्वलाई वार्षिक रूपमा मातृभक्तिको प्रतीकका रूपमा मनाउने परम्परा विकसित भएको मानिन्छ।

मातातीर्थ औँसीसँग सम्बन्धित विभिन्न किवदन्तीहरू पनि प्रचलित छन्। एउटा किवदन्ती अनुसार त्रेतायुगमा भगवान् राम, सीता र लक्ष्मण वनवासका क्रममा हालको मातातीर्थ क्षेत्रमा पुगेका थिए। पानीको अभाव भएपछि रामले गंगा मातालाई स्मरण गर्दै बाण प्रहार गर्दा त्यहाँ पवित्र कुण्ड उत्पन्न भएको विश्वास गरिन्छ।

अर्को किवदन्ती अनुसार प्राचीन समयमा एक गोठालोले उक्त कुण्डमा आफ्नी दिवंगत आमाको दर्शन पाएका थिए। आमाले प्रत्येक वर्ष वैशाख औँसीका दिन सन्तानलाई आशीर्वाद दिन आउने वाचा गरेपछि यो स्थानलाई मातातीर्थका रूपमा श्रद्धा गर्न थालिएको जनविश्वास रहेको छ।

यसै विश्वासअनुसार आजको दिन दिवंगत आमाहरू मातातीर्थमा आउने र सन्तानले अर्पण गरेको तर्पण ग्रहण गर्ने धार्मिक मान्यता रहिआएको छ। त्यसैले मातातीर्थ औँसी नेपाली समाजमा आमाप्रतिको सम्मान, प्रेम र सम्झनाको महत्वपूर्ण पर्वका रूपमा स्थापित भएको छ।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *