• माघ २८, २०८२
  • No Comment
  • 75

हाई प्रोफाइललाई धम्की दिने पाठकलाई फिलिपिन्सबाट नेपाल ल्याइयो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहितका उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएको आरोपमा फरार रहेका प्रकाश पाठकलाई फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा उनलाई पक्राउ गरी बुधबार नेपाल ल्याइएको काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए। काभ्रे घर भएका पाठकविरुद्ध इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरिएको थियो।

नोटिस जारी भएपछि उनी फिलिपिन्समा लोकेट भएका थिए। सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो तथा अडियो सन्देश पोस्ट गर्दै पाठकले अख्तियार प्रमुख राईसहित १० जना उच्च प्रोफाइलका व्यक्तिलाई धम्की दिएका थिए। उनी भारत र इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

उग्रवादी संगठनको अध्यक्ष भएको दाबी गर्ने पाठकलाई नेपाल ल्याउन प्रहरीको इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना इन्स्पेक्टर फिलिपिन्स गएका थिए।

पाठकले सामाजिक सञ्जालमार्फत लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र दुर्गा प्रसाईंलगायतलाई ज्यान मार्ने धम्की दिएका थिए।

यसअघि पाठकसँग ‘कनेक्सन’ देखिएका तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा धादिङका शरणजङ्ग शाही, सर्लाहीका तोरण थापा मगर र बर्दियाका धिरेन्द्र सुनार रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

प्रधानमन्त्री बालेन शाहलाई अदालतको अवहेलना मुद्दामा वारेस राख्न अनुमति

प्रधानमन्त्री बालेन शाहलाई अदालतको अवहेलना मुद्दामा वारेस राख्न अनुमति

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा वारेस राख्न पाउने सुविधा दिएको छ। न्यायाधीश हरि फुयाँल र…
कानुन समितिको सभापतिमा रास्वपाकी समीक्षा बास्कोटा निर्विरोध निर्वाचित

कानुन समितिको सभापतिमा रास्वपाकी समीक्षा बास्कोटा निर्विरोध निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित भएकी…
कर्णाली नदीमा डुङ्गा पल्टिँदा घाँस काटेर फर्कँदै गरेका बाबु-छोरा बेपत्ता

कर्णाली नदीमा डुङ्गा पल्टिँदा घाँस काटेर फर्कँदै गरेका बाबु-छोरा…

अछामको तुर्माखाँद गाउँपालिका हुँदै बग्ने कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकै परिवारका दुई जना बेपत्ता भएका छन्। वैशाख ३ गते साँझ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *