• माघ २१, २०८२
  • No Comment
  • 62

कर्णालीमा यस पटक निर्वाचनमा एमालेको अवस्था उत्साहजनक छ : कंडेल

सुर्खेत — नेकपा एमालेका सचिव यामलाल कंडेलले कर्णाली प्रदेशमा यस पटकको निर्वाचनमा एमालेको अवस्था उत्साहजनक रहेको बताएका छन्। मंगलबार वीरेन्द्रनगर निर्वाचन परिचालन समितिले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै उनले २०७९ सालको निर्वाचनको तुलनामा यस पटक पार्टीप्रति जनउत्साह बढेको दाबी गरे।

कंडेलले चुनावी भेला तथा कार्यक्रमहरूमा देखिएको सहभागिता र उत्साहले एमालेको पक्षमा सकारात्मक वातावरण बनेको बताए। उनले भने, “२०७९ को निर्वाचनभन्दा यस पटक हामीले बढी उत्साह पाएका छौँ। धेरै स्थानमा जित हासिल गर्ने विश्वास छ। पार्टीका बैठक र भेला आकर्षक र उत्साहजनक छन्, निराश हुने अवस्था छैन।”

उनले यस पटक सबै राजनीतिक दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिएकाले कर्णालीमा एमालेको अवस्थालाई कुनै असर नपरेको बताए। बरु एमाले अझ सशक्त र संगठित भएर चुनावी प्रतिस्पर्धामा प्रस्तुत भएको उनको भनाइ थियो।

संविधान र लोकतन्त्रको रक्षाका लागि एमालेको जित आवश्यक रहेको उल्लेख गर्दै कंडेलले नेतृत्व चयनबारे गम्भीर बहस हुनुपर्ने बताए। “सामाजिक सञ्जालले चिनेकै आधारमा प्रधानमन्त्री बनाउने कि जनताको सुख–दुःख बुझ्ने व्यक्तिलाई नेतृत्व सुम्पने भन्ने विषयमा बहस चलाउन जरुरी छ,” उनले भने।

उनले यो निर्वाचन देश जोगाउने र देश बिगार्ने शक्तिबीचको प्रतिस्पर्धा भएको दाबी गर्दै सबै नेता तथा कार्यकर्तालाई चुनौतीको सामना गर्दै विजय हासिल गर्न सक्रिय भएर लाग्न आग्रह गरे।

सम्बन्धित खबर

साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?

साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?

काठमाडौं — दैनिक खाने खानाले व्यक्तिको पोषणस्तर निर्धारण गर्छ। खाद्य पदार्थको आ–आफ्नै पौष्टिक गुण हुने भएकाले दैनिक भोजनमा आवश्यक परिमाणमा उचित…
ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *