• मंसिर १२, २०८२
  • No Comment
  • 138

कालिकोटमा सुख्खा पहिरोले १ जना मजदुरको मृत्यु

कालिकोट – कालिकोटमा सुख्खा पहिरोमा पुरिँदा एक मजदुरको मृत्यु भएको छ। पचालझरना–६ घाटाचौर क्षेत्रमा कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडक खण्डमा काम गरिरहेका २७ वर्षीय पृथ्वी बोहोराको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटलेका अनुसार स्थायी ठेगाना पचालझरना गाउँपालिका–७, नुवाघर निवासी बाेहाेरा बिहीबार दिउँसो डेराबाट निर्माण स्थलतर्फ तेल बोकेर जाँदै गर्दा माथिबाट अचानक खसेको सुख्खा पहिरोले बोहोरा पुरिएका थिए। घटनापछि गरिएको खोजतलासमा शुक्रबार उनको शव फेला परेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाइएको छ।

सम्बन्धित खबर

साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?

साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?

काठमाडौं — दैनिक खाने खानाले व्यक्तिको पोषणस्तर निर्धारण गर्छ। खाद्य पदार्थको आ–आफ्नै पौष्टिक गुण हुने भएकाले दैनिक भोजनमा आवश्यक परिमाणमा उचित…
ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *