- मंसिर १२, २०८२
- No Comment
- 66
कालिकोटमा सुख्खा पहिरोले १ जना मजदुरको मृत्यु
कालिकोट – कालिकोटमा सुख्खा पहिरोमा पुरिँदा एक मजदुरको मृत्यु भएको छ। पचालझरना–६ घाटाचौर क्षेत्रमा कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडक खण्डमा काम गरिरहेका २७ वर्षीय पृथ्वी बोहोराको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटलेका अनुसार स्थायी ठेगाना पचालझरना गाउँपालिका–७, नुवाघर निवासी बाेहाेरा बिहीबार दिउँसो डेराबाट निर्माण स्थलतर्फ तेल बोकेर जाँदै गर्दा माथिबाट अचानक खसेको सुख्खा पहिरोले बोहोरा पुरिएका थिए। घटनापछि गरिएको खोजतलासमा शुक्रबार उनको शव फेला परेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाइएको छ।