• मंसिर ४, २०८२
  • No Comment
  • 80

लागू औषध दुर्ब्यसनी सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

सुर्खेत। ईलाका प्रहरी कार्यालय बाबियाचौरको आयोजनामा लागू औषध दुर्ब्यसनी सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्ध साताब्यापी दिवस अन्तरगत पञ्चपुरी नगरपालीका वडा न. ५ मा रहेको
श्री विद्याज्योती माध्यामिक विद्यालय बावियाचौरमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा समुदाय प्रहरी साझेदारी अन्तर्गत लागु औषध दुर्ब्यसन, यसको असर, यसबाट बच्ने उपायका बारेमा बिधार्थीहरुलाई जानकारी गराइएको छ ।विश्‍व बाल दिवश-२०२५ को अवसरमा बालबालिकाकको हक अधिकार,बालबालिका विरुद्धका कसूरमा नेपाल प्रहरीले गर्ने कामकारबाही लगायत लागू औषध सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको थियो । सो संगै लागु औषध नियन्त्रण तथा जिवन उपयोगी नैतिक एवं सामाजिक शिक्षा सम्बन्धि जानकारी गराएको ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरिक्षक भुपेन्द्र शाहीले बताउनु भएको छ ।

कार्यक्रममा श्री विद्याज्योती माध्यामिक विद्यालय बावियाचौर स्कुलमा कक्षा १० मा अध्यनरत करीव ५०/ ६० जना बिद्यार्थीहरुको सहभागीतामा रहेको थियो ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *