- कार्तिक १४, २०८२
- No Comment
- 82
सुर्खेतकाे भेरीगंगामा छोराको कुटपिटबाट आमाको मृत्यु
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मसिनाटोलमा एक छोराले आफ्नै आमामाथि कुटपिट गर्दा मृत्यु भएकाे छ। शुक्रबार बिहान करिब ३० देखि ३५ वर्षका कबिराम बस्नेतले आफ्नी ५० वर्षीया आमा धनिकला बस्नेतमाथि फरुवाले प्रहार गरी हत्या गरेका हुन।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार धनिकला घरमा सुतिरहेको बेला छोराले फरुवा प्रयोग गरी टाउकोमा प्रहार गरेका थिए। गम्भीर घाइते भएकी आमालाई उपचारका लागि तत्काल कर्णाली प्रदेश अस्पताल, कालगाउँ, सुर्खेत लगिएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले उनलाई छिन्चु बजार क्षेत्रबाट पक्राउ गरेकाे जनाएको छ। हाल उनलाई इलाका प्रहरी कार्यालय छिन्चुमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।