- अशोज २७, २०८२
- No Comment
- 29
सुर्खेतकाे भेरीगंगामा पटका र चिनी सहितको सामान बरामद

सुर्खेत, २०८२ असोज २७ — सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–५ बबई चेकपोष्टमा प्रहरीले विस्फोटक पदार्थ (पटका) सहित विभिन्न सामान बरामद गरेको छ।
साेमबार बिहान करिब ११:४५ बजे, प्रहरी सहायक निरीक्षक हर्कबहादुर तिरुवाको कमान्डमा खटिएको पाँच जनाको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ अाउदैं गरेका यात्रुबाहक र मालवाहक सवारीसाधनहरूको नियमित चेकजाँच गर्ने क्रममा उक्त सामान फेला पारेको हो।
बरामद भएका सामग्रीहरूमा बिल–भरपाई नभएको चिनी एक क्विन्टल ७५ किलो (मूल्य रु. १७,५००), ठूला पटका १०० थान, र सानो पटका ८०० थान रहेको जिल्ला प्रहरी कार्याल सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार बरामद सामग्री विस्फोटक पदार्थ (पटका) वर्गमा पर्ने भएकाले हाल यस सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको छ।
साथै, चेकजाँचको क्रममा बरामद गरिएको सामानलाई राजस्व तथा सुरक्षा कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।