• अशोज २५, २०८२
  • No Comment
  • 35

कैलालीमा सुर्खेतका युवकको विभत्स हत्या: टाउको बोकेर प्रहरीमा पुगे दुई युवक

धनगढी — कैलालीको घोडाघोडी नगरपालिका–८ मा एक युवकको विभत्स हत्या भएको छ। गएराति २८ वर्षीय केशरसिंह बुढाको धारिलो हतियार प्रहार गरी घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ।

हत्या आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवैले बुढाको घाँटी रेटी टाउको छुट्याएपछि टाउको बोकेर आफैं इलाका प्रहरी कार्यालय सुखड मातहतको प्रतिखेत प्रहरी चौकीमा पुगेका थिए। टाउको बिनाको शव भने घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० रमेश दत्त अवस्थीका अनुसार, सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जना राति नै प्रहरीमा पुगेका थिए।
“राति ११ बजेतिर हत्या भएको सूचना प्राप्त भयो। हत्यामा संलग्न दुई जनाले नै टाउको बोकेर हतियारसहित प्रहरीमा आएका थिए,” डीएसपी अवस्थीले भने, “घटनाको थप अनुसन्धान भइरहेको छ।”

प्रहरीका अनुसार, मृतक र अभियुक्तहरू स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका बेला विवाद भएको थियो। सोही क्रममा धारिलो हतियार प्रयोग गरी बुढाको घाँटी रेटेर हत्या गरिएको बताइएको छ। उनीहरूबीच पहिले चिनजान नभएको पनि प्रहरीले जनाएको छ।

हाल घटनास्थललाई सुरक्षा घेरामा राखिएको छ भने सुर्खेतबाट मृतकका आफन्त आइरहेका कारण शव उठाइएको छैन। घटनाको विस्तृत अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *