• अशोज १५, २०८२
  • No Comment
  • 44

जाजरकोटमा जिप दुर्घटना : एकको मृत्यु, तीन घाइते

जाजरकोट — जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बुधबार बिहान कर्णाली प्रदेश ०२००१ च १२५५ नम्बरको जिप पोख्रामा दुर्घटनाग्रस्त हुँदा नलगाड–५ का २२ वर्षीय निसान वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

घाइते वलीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनामा सोही स्थानका रविन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते भएका छन्। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने एक जनालाई रुकुमपश्चिमको आठबिसकोट नगर अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण भने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत – प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिसँग दुई दिने…
बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

काठमाडौँ – आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना छोरालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१५, किमडोल बस्ने गोरखा चुमनुब्री…
स्वस्थ जीवनशैलीका लागि बिहानको खाजा अनिवार्य खानुहाेस

स्वस्थ जीवनशैलीका लागि बिहानको खाजा अनिवार्य खानुहाेस

– स्वस्थ जीवनशैली अपनाउन चाहनेहरूका लागि बिहानको खाजा अत्यन्तै आवश्यक मानिन्छ। विशेषज्ञहरूका अनुसार बिहानको खाजा शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्ने मुख्य…

Leave a Reply

Your email address will not be published. Required fields are marked *