• अशोज ८, २०८२
  • No Comment
  • 106

स्याउमा पाइने भिटामिनले स्वास्थ्यमा ल्याउँछ चमत्कारिक लाभ

असाेज ७। स्वादिष्ट मात्र नभई पोषणयुक्त फलको रूपमा परिचित स्याउ स्वास्थ्यका लागि बहुउपयोगी मानिन्छ । पोषणविद्हरूका अनुसार स्याउमा पाइने भिटामिन र एन्टिअक्सिडेन्टले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै मुटु, मधुमेह र तौल नियन्त्रणमा सकारात्मक प्रभाव पार्छ ।

विशेषज्ञका अनुसार स्याउमा भिटामिन सी उच्च मात्रामा पाइन्छ, जसले शरीरको इम्युन प्रणालीलाई बलियो बनाउँछ । साथै, यसमा भिटामिन ए, ई, के र बी–कम्प्लेक्सजस्ता महत्वपूर्ण भिटामिनहरू पनि पर्याप्त मात्रामा पाइने भएकाले स्वास्थ्यलाई सन्तुलित राख्न मद्दत पुर्‍याउँछ ।

स्याउमा प्रशस्त फाइबर र एन्टिअक्सिडेन्ट हुने भएकाले मुटुको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसको नियमित सेवनले खराब कोलेस्ट्रोल घटाउने र राम्रो कोलेस्ट्रोल बढाउने काम गर्ने वैज्ञानिक प्रमाणहरू छन् ।

त्यस्तै, स्याउ कम क्यालोरीयुक्त भए पनि उच्च फाइबरयुक्त फल भएकाले तौल घटाउने प्रयत्नमा रहेका व्यक्तिका लागि उपयोगी हुन्छ । लामो समय पेट भरिएको महसुस गराउने गुणले अनावश्यक खाना सेवनमा कमी ल्याउँछ । यसमा रहेका पोलिफेनोल र एन्टिअक्सिडेन्टले टाइप–२ मधुमेहको जोखिम समेत घटाउने देखिएको छ ।

बजारमा उपलब्ध स्याउका प्रकारअनुसार पोषणतत्वमा पनि भिन्नता पाइन्छ । हरियो स्याउमा बढी फाइबर र कम चिनी हुन्छ भने रातो स्याउ एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ, जुन मुटुको स्वास्थ्यका लागि उपयोगी हुन्छ । त्यस्तै, पहेंलो स्याउमा विभिन्न पोषक तत्वहरू पाइने भएकाले पोषणविद्हरूले आहारमा सबै प्रकारका स्याउ समावेश गर्न सुझाव दिएका छन् ।

विशेषज्ञहरू भन्छन्, “दैनिक एउटा स्याउ सेवनले शरीरलाई आवश्यक भिटामिन र खनिज पूर्ति गर्नाका साथै थुप्रै रोगहरूको जोखिम घटाउन सहयोग पुर्‍याउँछ ।”

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *