- अशोज ६, २०८२
- No Comment
- 38
झूठा विवरणमा नागरिकता सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

बीरगञ्ज – झूठा विवरण पेश गरी नागरिकता बनाउन सिफारिस गरेको आरोपमा सर्लाहीको पर्सा गाउँपालिका–४ का वडाध्यक्ष सुबोध राय यादव पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यादवले चार जना शंकास्पद व्यक्तिको नागरिकता बनाउन सिफारिस गरेका थिए। सोही आधारमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले चलानी नं. ११२९१ र मिति २०८१ असार ३ गतेको पत्रमार्फत कारबाही प्रक्रिया अघि बढाएको हो।
प्रहरीका प्रवक्ता डीएसपी मदन राईका अनुसार वडाध्यक्ष यादवलाई आइतबार पक्राउ गरी अनुसन्धान थालिएको छ। नागरिकतासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत सर्लाहीबाट १५ दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।
प्रहरीले यस घटनालाई गम्भीर रूपमा लिएर थप संलग्न व्यक्तिको पनि खोजी भइरहेको जनाएको छ।