• अशोज ५, २०८२
  • No Comment
  • 153

जाजरकोटमा कारागारबाट भागेका हत्या मुद्दाका कैदी पक्राउ

जाजरकोट – कारागारबाट भागेर फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार, २०८१ भदौ २४ गते जेन–जि आन्दोलनका क्रममा नवलपरासीस्थित कारागारबाट भागेका कैदी शिवबालक गाउँपालिका–९ निवासी २२ वर्षीय जानु बादीलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा प्रहरी टोलीले शिवबालक गाउँपालिका–९ मै रहेको घर वरपर लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो। पक्राउ गरिएका बादीलाई आवश्यक कानूनी कारबाहीका लागि अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि तम झिमी (सूचना अधिकारी) ले कैदी पक्राउ गरिएको पुष्टि गर्दै थप अनुसन्धान जारी रहेको बताएका छन्।

सम्बन्धित खबर

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका…
जबरजस्ती करणी आरोपमा जुम्लाका वडाध्यक्ष पक्राउ

जबरजस्ती करणी आरोपमा जुम्लाका वडाध्यक्ष पक्राउ

सुर्खेत । जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले वडाध्यक्ष बुढालाई…
चौकुने १० घाटगाउँ स्वास्थ्य चौकीमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने

चौकुने १० घाटगाउँ स्वास्थ्य चौकीमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर…

 सुर्खेत। चौकुने गाउँपालिका को आयोजना तथा साथी अस्पताल टिकापुर कैलालीको प्राविधिक सहयोगमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर २०८३ साल बैशाख २७ गते…

Leave a Reply

Your email address will not be published. Required fields are marked *