- अशोज ५, २०८२
- No Comment
- 36
जाजरकोटमा कारागारबाट भागेका हत्या मुद्दाका कैदी पक्राउ

जाजरकोट – कारागारबाट भागेर फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार, २०८१ भदौ २४ गते जेन–जि आन्दोलनका क्रममा नवलपरासीस्थित कारागारबाट भागेका कैदी शिवबालक गाउँपालिका–९ निवासी २२ वर्षीय जानु बादीलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा प्रहरी टोलीले शिवबालक गाउँपालिका–९ मै रहेको घर वरपर लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो। पक्राउ गरिएका बादीलाई आवश्यक कानूनी कारबाहीका लागि अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि तम झिमी (सूचना अधिकारी) ले कैदी पक्राउ गरिएको पुष्टि गर्दै थप अनुसन्धान जारी रहेको बताएका छन्।