- अशोज २, २०८२
- No Comment
- 50
रुकुमपूर्व र बागलुङको सिमानामा भूकम्प

रुकुमपूर्व । रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भन्ज्याङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भन्ज्याङ आसपास केन्द्रबिन्दु भएर बुधबार राति ८:२५ बजे चार दशमलव छ रेक्टरस्केलको भूकम्प गएको हो । भुकम्पकाे क्षती विवरण भने अहिलेसम्म नअाएकाे केन्द्रले जनाएकाे छ ।