• अशोज २, २०८२
  • No Comment
  • 65

गणेशमान सिंहको २८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौँ। नेपाली प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमान्डर एवं प्रजातन्त्रका सेनानी गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपाली काँग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले बिहान ७ः४५ बजे शोभाभगवतीस्थित सिंहको सालिकमा माल्यार्पण गरी दिवसको सुरुवात गरेका छन्।

सिंहले २०४६ सालको जनआन्दोलनलाई सफल पार्दै प्रजातन्त्र पुनःस्थापनामा निर्णायक भूमिका खेलेका थिए। तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गर्दा पनि उनले त्यागको अद्वितीय उदाहरण प्रस्तुत गर्दै कृष्णप्रसाद भट्टराईलाई अघि सारेका थिए।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका सिंह नेपाली राजनीतिमा प्रारम्भदेखि सक्रिय रहे। विसं १९९७ मा स्थापना भएको प्रजा परिषद्का सदस्य बनेर उनले राणा शासनविरुद्ध अभियान सुरु गरेका थिए। जेलबाट भागेर भारत पुगेपछि उनले बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विस्तार गर्दै नेपाली राष्ट्रिय काँग्रेसलाई सबल बनाउन योगदान दिए।

२००७ सालको क्रान्तिमा वीरगन्ज मोर्चामा सक्रिय रहँदै सिंहले प्रजातन्त्र स्थापनामा भूमिका खेले। विसं २०१५ सालमा पहिलो निर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्रीका रूपमा रहँदा र २०१७ सालको प्रजातन्त्र अपहरणपछि आठ वर्ष कारावास जीवन बिताउँदा पनि उनी निरन्तर संघर्षरत रहे।

सिंहले २०३३ सालमा बिपी कोइरालासँगै राष्ट्रिय मेलमिलापको नीति ल्याई पञ्चायतविरुद्ध सशक्त आवाज उठाए। २०३६ सालको विद्यार्थी आन्दोलन, जनमत सङ्ग्रहदेखि २०४२ सालको सत्याग्रहसम्म उनले अग्रणी भूमिका निभाए। २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सिंहलाई सर्वोच्च कमान्डरको जिम्मेवारी दिइएको थियो।

त्याग, साहस र नेतृत्वका कारण गणेशमान सिंह नेपाली राजनीतिमा प्रेरणाका स्रोत बनेका छन्। २०५४ साल असोज २ गते निधन भएका सिंहको स्मृति दिवसमा आज देशभर विभिन्न कार्यक्रम हुँदैछ।

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *