• भदौ ३०, २०८२
  • No Comment
  • 86

नारायणकाजीद्वारा प्रधानमन्त्री कार्कीलाई ६ सुझाव

सोमबार बिहान सामाजिक सञ्जालमार्फत सुझाव सार्वजनिक गरेका हुन्। उनले दलभन्दा बाहिरका योग्य र निष्ठावान् व्यक्तिहरूलाई मन्त्री नियुक्त गरी छिट्टै मन्त्रिपरिषद् पूर्णता दिन, मुलुकमा शान्ति–सुरक्षा कायम गर्न र निर्धारित मितिमा स्वतन्त्र तथा निष्पक्ष निर्वाचन सम्पन्न गर्न आग्रह गरेका छन् । उनका अन्य सुझावहरूमा भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने, ध्वंस गरिएका संरचनाको पुनर्निर्माण सुरु गर्ने,

भ्रष्टाचारविरुद्ध सुरु गरिएको अभियानलाई निरन्तरता दिने र प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभाबाट आवश्यक विधायी कार्यहरू अघि बढाउने विषय समावेश छन् । श्रेष्ठले प्रधानमन्त्रीलाई “अनावश्यक काममा समय खर्च नगरी निर्वाचन सम्पन्न गर्ने मुख्य जिम्मेवारीमा ध्यान दिनुहोस्, अन्यथा देश गम्भीर संकटतर्फ धकेलिन सक्नेछ” भन्दै सचेत गराएका छन् ।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *