• भदौ १३, २०८२
  • No Comment
  • 91

अछाममा छाउपडी प्रथाले लियो आमा–छोरीको ज्यान

अछाममा पुनः छाउपडी प्रथाका कारण दुःखद घटना भएको छ । पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीमा बिहीबार राति महिनावारीका बेला त्रिपालमुनि सुतेका आमा र बालिकाको ढुङ्गा लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ३५ वर्षीया निमा खनाल र ७ वर्षीया कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको छ । कविताकी आमा ३६ वर्षीया रत्ना भण्डारी घाइते भइ उपचारका लागि बारला स्वास्थ्य चौकी पठाइएको छ ।

वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार, महिनावारी भएका बेला घरभित्र बस्न नहुने अन्धविश्वासका कारण निमा र रत्ना घरबाहिर त्रिपालमुनि सुतेका थिए । आमासँगै सुत्न पुगेकी बालिका कविताले समेत निर्दोष जीवन गुमाउनु परेको उनले बताए ।

पहाडी भेगमा वर्षायामका कारण ढुङ्गा खस्ने वा पहिरो जाने जोखिम भइरहे पनि छाउपडीजस्तो कुप्रथाले महिलाहरूलाई असुरक्षित ठाउँमा बस्न बाध्य पार्दै आएको छ । सरकारले छाउपडी प्रथालाई गैरकानुनी र दण्डनीय घोषणा गरे पनि यसको पूर्ण उन्मूलन हुन सकेको छैन ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *