• भदौ १३, २०८२
  • No Comment
  • 154

अछाममा छाउपडी प्रथाले लियो आमा–छोरीको ज्यान

अछाममा पुनः छाउपडी प्रथाका कारण दुःखद घटना भएको छ । पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीमा बिहीबार राति महिनावारीका बेला त्रिपालमुनि सुतेका आमा र बालिकाको ढुङ्गा लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ३५ वर्षीया निमा खनाल र ७ वर्षीया कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको छ । कविताकी आमा ३६ वर्षीया रत्ना भण्डारी घाइते भइ उपचारका लागि बारला स्वास्थ्य चौकी पठाइएको छ ।

वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार, महिनावारी भएका बेला घरभित्र बस्न नहुने अन्धविश्वासका कारण निमा र रत्ना घरबाहिर त्रिपालमुनि सुतेका थिए । आमासँगै सुत्न पुगेकी बालिका कविताले समेत निर्दोष जीवन गुमाउनु परेको उनले बताए ।

पहाडी भेगमा वर्षायामका कारण ढुङ्गा खस्ने वा पहिरो जाने जोखिम भइरहे पनि छाउपडीजस्तो कुप्रथाले महिलाहरूलाई असुरक्षित ठाउँमा बस्न बाध्य पार्दै आएको छ । सरकारले छाउपडी प्रथालाई गैरकानुनी र दण्डनीय घोषणा गरे पनि यसको पूर्ण उन्मूलन हुन सकेको छैन ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

सम्बन्धित खबर

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने…
कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…

Leave a Reply

Your email address will not be published. Required fields are marked *