• भदौ १२, २०८२
  • No Comment
  • 91

सुर्खेतमा बिना बिलका अबैध सामान बरामद

सुर्खेत। सुर्खेत प्रहरीले बिना बिलबिजक ल्याइएका अबैध सामान बरामद गरेको छ।
बिहिबार दिउँसो करिब २:२५ बजे जिल्ला प्रहरी कार्यालय सुर्खेत अन्तर्गत भेरीगंगा नगरपालिका–५ बबई चेकपोष्टमा प्रहरी नायब निरीक्षक हर्कबहादुर तिरुवाको कमाण्डमा खटिएको पाँच जनाको टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेका सवारीसाधन चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएको सामान बरामद गरेको हो।

प्रहरीका अनुसार बिलभर्पाईबिनै ल्याइएका सामानमा ६० पोका सुपर पावर सुर्ती, ८५ पोका स्वीट सुपारी, १२० पोका कमला पसन्द, २०० किलो चिनी, १२९ पिस जेम्स अन्डरवेयर र १२ बोतल माउन्टेन डिउ रहेका छन्। बरामद सामानको मूल्य जम्मा रु. ८३ हजार २२५ बराबर रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएको सामानलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…
भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी यात्रुको मृत्यु, धेरै घाइते

भारतको राजस्थानमा चलिरहेको बसमा भीषण आगलागीः २० भन्दा बढी…

राजस्थानको जैसलमेरमा हिजो बेलुका चलिरहेको एसी बसमा लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको मृत्यु भएको खबर आएको छ। बसमा सवार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *