• भदौ १२, २०८२
  • No Comment
  • 95

कर्णालीका ११.७ प्रतिशत मानिस मानसिक रोगबाट ग्रसित

कर्णाली । कर्णाली प्रदेशमा ११ दशमलव ७ प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको तथ्यांक सार्वजनिक भएको छ। यसमध्ये ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ।

स्विस सरकार तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी नेपाल)को सहयोगमा सामाजिक विकास मन्त्रालयले सुर्खेतमा बुधबार आयोजना गरेको ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना २०७९–२०८७ को मध्यकालीन समीक्षा तथा अन्तरक्रिया’ कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो।

सिएमसी नेपालका निर्देशक डा. पशुपति महतले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनमा आधारित तथ्यांक प्रस्तुत गर्दै मानसिक रोग रोकथामका लागि सबै तहका सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानसिक स्वास्थ्य समस्या समाधानमा साझा प्रयास आवश्यक रहेको बताए। उनले रोग लाग्नेभन्दा लुकाउने प्रवृत्ति बढी देखिएको भन्दै समयमै गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए। भण्डारीका अनुसार कर्णाली प्रदेशले सातै प्रदेशमध्ये पहिलोपटक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याएको छ।

सोही कार्यक्रममा मन्त्रालयका सचिव धोलकराज ढकालले मानसिक स्वास्थ्यलाई आधारभूत अधिकारका रूपमा सुनिश्चित गर्नुपर्ने बताए। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक शक्ति सुवेदीले मानसिक रोगसम्बन्धी औषधि आपूर्ति व्यवस्थापनबारे जानकारी दिए।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेश थापाले मर्यादित जीवन जिउन पाउने अधिकार सुनिश्चितताका लागि सबै सरोकारवालाले भूमिका निर्वाह गर्नुपर्ने बताए। त्यस्तै, मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शी, जनस्वास्थ्य अधिकृत किरणकुमार शर्मा र सिएमसी नेपालका हिमाल गैरेलगायतले कार्ययोजना, प्रगति र आगामी कार्यदिशाबारे आफ्ना धारणा प्रस्तुत गरे।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *